दक्षिण कोरियाको मूल्य बृद्वी ओइसिडीका राष्ट्र मध्ये तेस्रो स्थानमा
- by siddhartha@post
- 3 years ago
- 0 comments

किशन गौतम
दक्षिण कोरियामा खाद्यान्न मूल्य बृद्वी आर्थिक सहयोग र विकास संगठन (ओइसिडी )का सदस्य राष्ट्रबीच तेस्रो उच्च स्थानमा रहेको छ l
गत महिना परेको लामो मानसून साथै लगातार आँधीबेहरीका कारण मूल्य बृद्वी उच्च बन्न पुगेको हो lतथ्यांक अनुसार कोरियामा गत अगस्टमा किराना समान तथा पेय पदार्थमा ६.६ प्रतिशतले मूल्य बृद्वी भएको छ यो बृद्वी ओईसीडी सदस्य राष्ट्रहरूमध्ये तेस्रो स्थानमा हो l
हंगेरी र मेक्सिको क्रमशः 9.9 प्रतिशत र र ७.५ प्रतिशतको साथ शीर्ष स्थानमा छन् lकोरिया पछिका मूल्य बृद्वी हुने देशहरुमा चिली, आइसल्यान्ड र संयुक्त राज्य अमेरिका छन् भने खाद्यान्न मूल्य १.8 प्रतिशतले बृद्वी संगै आयरल्यान्ड अन्तिम स्थानमा छ l
कोरियाको खाद्यान्न मूल्य बढाउने मुख्य कारकहरूमा चिनियाँ गोभी र तिलका पातहरू जस्ता कृषिजन्य वस्तुहरूको अत्यधिक प्रयोग हुनुलाई मानिएको छ l त्यसैगरी जुन देखि मध्य अगस्ट सम्म स्याहार्नु पर्ने बालीनाली लामो मनसुनका कारण नस्ट भएकोले पनि मूल्य बृद्वी भएको तथ्यांकमा उल्लेख छ l
कोरियाली चाड छुसक नजिकिदै गर्दा उपभोग्य बस्तुको माग अत्यधिक बढेर जानेहुदा उक्त मूल्य बृद्वी सेक्टेम्बरमा थप हुने अनुमान गरिएको छ lहेल्लो नेपाल कोरिया डटकम बाट