कोरिया खबर

दुई कोरियाली देश विचको यु’द्द अन्त्य कोरियाली रास्ट्रपती मुनले मागे रास्ट्रसंघ संग सहयोग

सोल

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले उत्तर कोरिया र दक्षिण कोरिया बीच जारी यु’द्द स्थायी रुपमा नै अन्त्य गरिनु पर्नेमा जोड दिएका छन् ।

बुधबार संयुक्त राष्ट्रसंघको सभामा सम्बोधन गर्दै मुनले अब कोरियाली युद्धको औपचारिक रुपमा नै अन्त्य गर्ने समय आएको बताएका हुन् ।

मुनले आफ्नो सम्बोधनमा भनेका छन् – अब कोरियाली प्रायद्वीपमा भइरहेको दुख र पीडालाई पूर्ण रुपमा हटाउने समय आएको छ , युद्ध अन्त्य हुनै पर्दछ र त्यो पनि सकारात्मक कामका लागि ।

उनले अगाडी भनेका छन् – कोरियाली प्रायद्वीपमा जारी युद्ध अन्त्य हुनु भनेको सिङ्गो उत्तर पूर्वी एसियामा शान्ति छाउनु हो जसले विश्वको आर्थिक विकासमा नयाँ आयाम दिन्छ ।

सन् १९५०–५३ मा जारि युद्ध पश्चात उत्तर कोरिया परमाणु हतियार उत्पादनमा लागेको बताउदै उनले अमेरिकाको उत्तर कोरियालाई आणविक हतियार मुक्त राष्ट्र बनाई आर्थिक समृद्धि तर्फ बढाउने अभियानमा सबैले साथ दिन पर्नेमा जोड दिएका छन् ।

उक्त अभियान सफल भएमा कोरियाली प्रायद्वीप शान्ति क्षेत्र हुने समेत उनले बताएका छन् । हाल विश्वका विभिन्न क्षेत्रबाट उक्त अभियानमा साथ भएता पनि आशातित प्रतिफल प्राप्त नभएको बताउदै उनले जारी समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघको सहयोग अपरिहार्य रहेको समेत बताएका छन् ।

संयुक्त राष्ट्रसंघको समाबेशी सहअस्तित्वको सिद्धान्त अनुरुप अगाडी बढ्न निर्णयकारी भुमिका खेल्न समेत उनले संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेका छन् ।हटपाटी

Author Since: Dec 06, 2019

Related Post