कोरिया खबर

कोरियामा कोरोनाका कारण फेशनेवल कपडाको मागमा न्यून

सिओल

कोरोना संक्रमणका कारण दक्षिण कोरियाको फेशनमा नै परिवर्तन आउन थालेको छ । संक्रमणका कारण घरमै बसेर काम गर्ने नियम लागु भए पछि त्यसको प्रत्यक्ष असर कपडाको ब्यापारमा परेको छ ।

प्राय मिनिस्कर्ट तथा फिटिङ कपडा लगाउने महिलाहरु आज भोली साधारण कपडाको किनमेलमा भेटिन्छन् । उनीहरुले शरीरलाई सहज हुने कपडा लगाउन थालेको बताएका छन् । घरमै बसेर काम गर्दा शरिरमा फिटिङ हुने कपडा लगाउन जरुरी नभएको समेत बताएका छन् ।

पछिल्लो समयमा अनलाइन बजार तथा मोबाइल एप्सहरुमा समेत मिनिस्कर्ट जस्ता छोटा तथा फेशनेवल कपडाको बिक्री ह्वात्तै घटेको तथा हाल अनलाइनमा त्यस्ता कपडा पाउनै छाडेको छ । हाल स्कर्टको सट्टामा स्वेट प्यान्ट अनलाइन बजारको टप लिष्टमा रहेको कोरियालीहरु बताउछन् ।

२०-३० बर्षका युवतिहरुमा फिटिङ तथा टाइट लुगाको क्रेज भएता पनि पछिल्लो समयमा घरमा नै बस्नुपर्ने बाध्यताका कारण त्यस्ता कपडाको प्रयोगमा कमी आएको छ । हाल महिलाहरु शरिर ढाक्ने, खुल्ला तथा साधारण कपडाको खोजीमा रहेको दक्षिण कोरियामा बार्षिक ३० लाख प्रयोगकर्ता भएको अनलाईन सपिङ एप जिगज्याकले बताएको छ ।हटपाटी

Author Since: Dec 06, 2019

Related Post