कोरिया खबर

‘पाँच -स’ दक्षिण कोरियाद्वारा टिकटक प्रतियोगिता आयोजना

सिओल

दक्षिण कोरियामा रहेको सनातन,साहित्य,सङ्गीत, साधना समूह ‘पाँच -स ‘ दक्षिण कोरियाले टिकटक प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

सनातन ,साहित्य,सङ्गीत ,साधना अनि नेपाली संस्कृतिको संरक्षण गर्ने हेतुले यो स॔स्थाले दक्षिण कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकजुट बनाई विश्वबन्धुत्वको भावना र भाइचारा सम्बन्ध कायम गर्न नेपाली संस्कार, संस्कृति र मौलिकता झल्काउने विविध कार्यक्रमहरु गर्दै आइरहेको यस संस्थाले टिकटक प्रतियोगिता गराउन लागेको हो ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण प्रत्यक्ष कार्यक्रम गर्न समय प्रतिकूल भएको हुँदा राष्ट्रिय,अन्तर्राष्ट्रिय स्तरमा नेपाली एकता कायम गर्दै नेपाली मौलिकता समेत झल्कोस् भन्ने हेतुले राष्ट्र प्रेममा आधारित ” टिकटक प्रतियोगिता -२०२०” आयोजना गरेको हो ।

उक्त प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतियोगिले यही आउदो अक्टोबर १ तारिख देखि यसै महिनाको ३० तारिख सम्ममा आफ्नो प्रतिभा आयोजकलाई पठाइसक्नुपर्ने छ। प्रतियोगितामा सहभागी हुन तोकिएको नियमहरूको परिधिभित्र रहेर आफ्नो प्रतिभा प्रस्तुत गर्नुपर्ने कुरा निर्णायक मण्डलका संयोजक लोकराज न्यौपानेले जानकारी गराउनुभएको छ ।

जस अन्तर्गत ~ प्रतियोगी कोरियामै बसोवास गरेको हुनुपर्ने, विशुद्ध राष्टियता र मोलिकता झल्कने Tiktok को प्रतियोगीलाई प्राथमिकता दिने, प्रतियोगीले आफ्नो प्रस्तुत Tiktok भिडियोमा ” पाँच -स दक्षिण कोरिया”को नाम अथवा लोगो समावेश भएको हुनुपर्नेछ। यसरी आयोजक संस्थाको पेजमा पोष्ट भएको भिडियोको लाइकलाई प्राथमिकता दिंदै सेयरको गन्तीको आधारमा विजेताको घोषणा हुनेछ।

विजेता हुने व्यक्ति वा समूहलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुरा कार्यक्रम संयोजक प्रेमराज अधिकारीले जानकारी दिनुभएको छ।
आफूभित्र भएको प्रतिभालाई प्रस्तुत गरी जनमानसमा पुर्याई कार्यक्रममा सहभागिता जनाइदिनु हुन सम्पूर्ण कोरियावासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आयोजक समूहले हार्दिक अनुरोध गरेको छ ।

Author Since: Dec 06, 2019

Related Post