गैरआवासिय नेपाली संघ (एनआरएनए) दक्षिण कोरीयाका युवा संयोजक अरुण श्रेष्ठलाई नेपाल प्रस्थानका लागी बिदाई कार्यक्रम सम्पन्न
- by siddhartha@post
- 3 years ago
- 0 comments

दक्षिण कोरिया ।
बिगत १० वर्ष देखि दक्षिण कोरियाको जिनछनमा रहदै आएका अरुण श्रेष्ठलाई गैरआवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरिया र अन्य संघ संस्थामा आवद्ध नेपाली युवाहरुले स्वदेश प्रस्थानको लागी एक कार्यक्रम गरेर बिदाई गरेका छन् ।
श्रेष्ठ गैरआवासिय दक्षिण कोरीयाका युवा संयोजक समेत रहेका थिए । दोस्रो कार्यकाल सकेर उनी नेपाल फर्कन लागेका हुन् । कोरियामा रहदा उनी ईपीयस छिन्गु नामबाट परिचित थिए ।
श्रेष्ठको घर नेपालमा सिन्दुपाल्चोक इन्द्राबति गाउपालीका ९ मा पर्छ । हाल उनको परिवार भने काठमाडौँको जोरपाटीमा रहदै आएको छ ।
उनी सन् २००८ मा इपियस भाषा परिक्षामा नाम निकाल्न सफल भएका थिए। तर २ वर्षको अन्तराल पछि सन् २०१० जुलाई ५ मा कृषि भिसामा उनी कोरीया प्रस्थान गरेका हुन् ।
कोरियामा रहदा श्रेष्ठले गैर आवासिय नेपाली संघ एनआरएनलाई महत्वपुर्ण साथ, सहयोग, सल्लाहसुझाव एवं उनको सहभागीताले संस्थाको पहिचानमा ठुलो टेवा पुगेको गैर आवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरीयाका केन्द्रिय सदस्य अवधेस राज चौरसियाले बताउनु भयो ।
“श्रेष्ठको संस्थामा रहदा संस्थाको पहिचान,बिस्तार एवं बिकासमा ठुलो भुमिका रहेको छ ।” केन्द्रिय सदस्य चौरसीयाले भन्नुभयो,“उहाँको यस महत्वपूर्ण सहभागीता र सहयोगको लागी हार्दिक धन्यवाद प्रकट गर्दछु ।”
यस्तै श्रेष्ठले गैरआवासिय नेपाली संघ दक्षिण कोरीयाका युवा संयोजकबाट राजीनामा दिईसकेको केन्द्रित सदस्य चौरसियाले जानकारी दिनुभयो ।
बिदाई कार्यक्रममा गैरआवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाका अध्यक्ष योज्ञ राज सुबेदि,केन्द्रित सदस्य अवधेस राज चौरसिया लगायत अन्य पदाधिकारीको समेत सहभागीता रहेको थियो ।
साथै के.एम.ई ट्राभलका सञ्चालक बिनोद कुँवरले सामाजिक कार्यका लागी कोरियन वन १ करोड ६० लाख एनआरनए दक्षिण कोरियालाई रकम हस्तान्तरण गर्नुभएको छ ।Nepalayankhabar