कोरिया खबर

आउदो अक्टोवर १३ तारिखदेखी कोरियामा नयाँ नियम लागु हुँदै !

सिओल

दक्षिण कोरियाले आगामी अक्टोबर १३ बाट मास्क नलगाउनेहरुलाई आर्थिक कारवाही सुरु गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि उक्त निर्णय गरिएको सरकारी अधिकारीले बताएका छन् । रोग तथा संक्रमण नियनत्रण एजेन्सी दक्षिण कोरियाका अनुसार अब हरेक ब्यक्तिले सार्वजनिक बसमा यात्रा गर्दा , हस्पिटल भ्रमण गर्दा , जुनसुकै प्रकारका सार्वजनिक स्थलमा जाँदा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने छ ।

यदि सरकारी नियमको अवज्ञा गरेको पाइएमा ८५ अमेरिकी डलर अर्थात १ लाख वन जरिमाना तिर्नुपर्ने छ । १४ बर्ष भन्दा मुनिका तथा स्वास प्रस्वाससँग सम्बन्धित रोग भएकाहरुका हकमा भने मास्क अनिवार्य गरिएको छैन यद्यपी ति उमेर समुहका ब्यक्तिहरुलाई सार्वजनिक कार्यक्रम तथा स्थलहरुमा नजान सरकारले अनुरोध गरेको छ ।

एजेन्सीका अनुसार नाक मुख पुरा नढाकी मास्क लगाउनेलाई समेत उक्त रकम जरिमाना गरिने छ । सरकारी अधिकारीका अनुसार सल , स्कार्फ , लगायतका भाइरस रोक्न नसक्ने प्रकारका कपडाको प्रयोग गर्ने समेत जरिमानाका भागिदार हुने छन् ।

अक्टोबर १३ बाट नोभेम्बर १३ सम्म सरकारले मास्क लगाउने अभियान सुरु गर्न लागेको हो । सरकारले स्थानीय निकायलाई नोभेम्बर १३ पश्चात आवश्यकता अनुसार उक्त मास्क लगाउने नियमको समय हेरफेर गर्न सक्ने अधिकार दिएको छ।हटपाटी

Author Since: Dec 06, 2019

Related Post