कोरिया खबर

कोरियामा एक हप्ताको अन्तरालमा २ नेपालीले ज्या’ न गु’माए !

सिओल, इपिएस प्रक्रिया मार्फत दक्षिण कोरिया आएका एक नेपाली झु’न्डिएको अबस्थामा मृ’त फेला परेका छन् l

नेपालको स्याङ्जा जिल्ला घर भै कोरियाको छुङ्छङ्बुक्दोको सामसंग क्षेत्रमा कार्यरत यज्ञ बस्यालले आइतबार झु’न्डिएर आ’त्मह’ त्या गरेका छन् lसंगै कार्यरत नेपालीका अनुसार कोरियाको दोस्रो कार्यकाल समेत पुरा गर्दै गरेका ४२ बर्षीय बस्याल आफ्नै कम्पनीको अफिसमा आ’त्मह’ त्या गरेका हुन् l

उनको आ’त्मह’ त्याको बिसेष कारण भने अझै खुल्न सकेको छैन l उनको कोरियाको ९ बर्ष ८ महिनाको कार्यकाल सकिन अझै एकमहिना बाकि रहेको बताइएको छ l

त्यसैगरी एकसाता अघि मात्र नेपालको उदयपुर घर भै दक्षिण कोरियामा कार्यरत अर्जुन राइ आफ्नै कम्पनी निवासमा सुते को अबस्थामा मृ’ त फेला परेका थिए l

यी दुवै घटनाको वारे सियोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा दुखत घटनाको जानकारी प्राप्त भएको र परिवारको पनि श’ व नेपाल पठाउन निबेदन आएकोले प्रक्रिया मिलाएर आगामी उडानमा पठाउने तयारीमा रहेको श्रम कन्सुलर रमा भट्टराईले बताउनुभयो l

उहाले कोभिड- १९ तथा अन्य कारणले आफुहरु घटनास्थल पुग्न नसकेतापनि नेपाली संघ संस्थाका प्रतिनिधिहरु पुगी घटनावारे जानकारी लिने काम भएको बताउनु भयो lहेल्लो नेपाल कोरिया डटकम बाट

Author Since: Dec 06, 2019

Related Post