कोरिया खबर

हराइरहेका उत्तर कोरियाली राजदूत भागेर दक्षिण कोरिया पुगेपछि

सोल

सन् २०१८ को मध्यबाट इटालीको रोमबाट हराएका उत्तर कोरियाली राजदूत हाल दक्षिण कोरियामा रहेको बताइएको छ ।

इटालीका लागि उत्तर कोरियाली कार्यकारी राजदुत रहेका जो सङ्ग जील सन् २०१८ को मध्यबाट हराएका र उनी गत बर्षकै जुलाईमा दक्षिण कोरिया प्रवेश गरेको समाचारमा बताइएको छ ।

हाल उनी दक्षिण कोरियाली सरकारी सुरक्षा अधिकारीको सुरक्षामा रहेको दक्षिण कोरियाली प्रमुख प्रतिपक्षि दलका नेता तथा सांसद हा ताई क्युनले आफ्नो फेसबुकमार्फत बताएका छन् ।

जो सपरिवार दक्षिण कोरिया आएर बसेको दक्षिण कोरियाका विविध श्रोतहरुले पुष्टी गरेका छन् । उनी उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा बस्ने सबै भन्दा उच्च पदस्त सरकारी कर्मचारी रहेका छन् । यद्यपी दक्षिण कोरियाली जासुस विभागले भने उक्त समाचार पुष्टी गरेको छैन ।

जो आफ्नो कार्यकारी राजदुतको कार्यकाल सकिनै लाग्दा सन् २०१८ मा एकाएक सम्पर्क बाहिर रहेका थिए । उनले इटाली सरकारको सहयोगमा अन्य देशमा शरण खोजिरहेको समेत बताइएको छ ।हटपाटीबाट

Author Since: Dec 06, 2019

Related Post