जापानी सुन्दरी नायिका सुजुलाई कोरोना सङ्क्रमण !
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
प्रख्यात जापानी नायिका सुजु हिरोजलाई कोरोना संक्रमण भएको छ । उनको सचिवालयले दिएको जानकारी अनुसार कोरोना संक्रमण भएता पनि उनमा कुनै किसिमका लक्षण नभएको तथा उनको स्वास्थ्य स्थिति समेत सामान्य छ ।
पछिल्लो समयमा छायाङ्कन गरिएका फिल्ममा संलग्न रहेका कलाकारहरुसँगै २२ बर्षिया हिरोजले समेत स्वाब दिएकि थिइन् । मंगलबार गरिएको उक्त परिक्षणमा उनमा संक्रमण पोजेटिभ देखिएको हो ।
उक्त जानकारी नायिकाको आधिकारीक वेवसाइट मार्फत दिइएको हो । वेवसाइटमा भनिएको छ- नायिकामा कोरोना संक्रमण पश्चात उनका सहयोगी तथा कर्मचारीहरुमा पर्न गएको अप्ठ्यारो प्रति नायिकाको गम्भिर चिन्ता रहेको छ ।
हाल उनी सरकारद्वारा तोकिएका स्वास्थ्य निर्देशिकाहरुको पुर्ण पालना गरिरहेकी छन् । उनले आफू निकटका सम्पुर्ण ब्यक्तिहरुलाई समेत स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेकी छन् ।
जापानको केन्द्रमा रहेको सिजुओका प्रान्तमा स्थायी घर भएकी नायिका हिरोजले केही फिल्महरु , टेलिभिजन नाटकहरु तथा हाँस्य चलचित्रहरुमा समेत अभिनय गरेकी छन् ।
जापानी मौलिक कार्ड गेम श्रृङ्खलाकी महारानी समेत बन्ने चाहाना राखेकी उनी जापानकी आशा गरिएकी चलचित्र कर्मी समेत हुन् ।