कोरिया खबर

ईपिएस छिन्गु आज कोरियावाट स्वदेश फर्किए ।

ईपिएस प्रणालीमार्फत रोजगारीको लागि कोरिया आई लगभग १० वर्षे कार्यकाल पुरा गरी ईपिएस छिन्गु अर्थात अरुण श्रेष्ठ स्वदेश प्रस्थान गरेका छन ।

आज दिउँसो कोरियन समय ३ वजे ईन्छन देखी काठमाण्डौ सिधा चार्टर उडानमार्फत ईपिएस छिन्गु स्वदेश प्रस्थान गरेका छन ।

ईपिएस छिन्गु कोरियावासी नेपालीहरु लगाएत कोरिया आउने क्रममा रहेका नेपालीहरु वीच परिचित नाम हो ।

कोरियामा रहेका नेपालीहरुमा सुचना आदनप्रदान एवम् विभिन्न अप्ठ्यारा परिस्थितिहरुमा विभिन्न माध्ययमहरुवाट सहयोग गरी ईपिएस छिन्गु नाम परिचित रहन पुगेको हो ।

पहिलो कार्यकालमा कृषि क्षेत्रमा प्रवेश गर्नुभएको उहाँ पछिल्लो पटक भने सिविटी प्रणाली मार्फत उत्पादन क्षेत्रमा कोरिया प्रवेश गर्नुभएको हो । हाल उहाँ एनआरएनए द. कोरियाको युवा संयोजक पनि हुनुहुन्छ ।

आफ्नो कोरिया वसाईको विट मारी स्वदेश प्रस्थान गर्दै गर्दा स्वदेशमै रहेर पनि कोरियावासी नेपालीहरुको हितको लागि निरन्तर सहयोगी पुल बनेर काम गर्ने वाचा गर्नुभएको छ ।

Author Since: Dec 06, 2019

Related Post