कोरिया खबर

चार्टर विमानमा कोरियाबाट आएका १५५ जना नेपाली विमानस्थलमै रोकिए

काठमाडौं

चार्टर विमानबाट दक्षिण कोरियाबाट स्वदेश आएका १ सय ५५ जना युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका छन्।

असियाना एयरलाइन्समार्फत् आएका १५५ जना युवाको कोरोना परीक्षण रिपोर्ट सरकारले तोकेबमोजिम नभएकोले उनीहरू विमानस्थलमै रोकिएको बताइएको छ।

१६० जना युवा मध्य ५ जनाको मात्रै स्पष्ट कोरोना परीक्षणको नतिजा खुलेको बताइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक कर्मचारीले भने, ‘नेपाल सरकारले तोकेबमोजिमको ल्याब रिपोर्ट बोकेको पाँच जनामात्रै छन्। अरूको भने यो मान्छेको कोरोना परीक्षण भयो भन्ने छ।’

नेपाल सरकारको मापदण्डअनुसारको परीक्षण नतिजा नभएकाले उनीहरू रोकिएको बताए। युवाहरुलाई घर पठाउने वा क्वारेन्टाइन पठाउने निर्णयका लागि सिसिएमसीको निर्देशन विमानस्थल प्रशासनले कुरेको बताइएको छ।

उक्त विमानको कोरियाबाट नेपाल उडान यो दोश्रो पटक हो। चार्टरमार्फत् आएका युवाहरु साँझ ५ बजे विमानस्थलमा ओर्लेका थिए।Nepal live

Author Since: Dec 06, 2019

Related Post