कोरिया खबर

कोरियामा रहेका नेपाली श्रमिकका लागी नेपाली दुतावासको परामर्श !

सोल

नेपाली राजदूतावास दक्षिण कोरियाले नेपाली श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य सामाजिक तथा आर्थिक समस्यालाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा विभिन्न ठाउँमा बसोबास गर्दै आएका विज्ञद्वारा अभिमुखीकरण तथा मनोसामाजिक परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

एनआरएन कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ , नेपाली सम्पर्क समिति , आदिवासी जनजाति महासंघ , महिलाको लागि महिला , नेपाली विद्यार्थी समाज लगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो कक्षा सञ्चालन हुन लागेको हो ।

साप्ताहिक रुपमा संचालन हुन लागेको कार्यक्रममा यही आउँदो आइतबार अक्टोबर ११ हरेक आईतबार बेलुकी ७ बजे देखि सुरु हुनेछ । पहिलो हप्ता मानव जीवन योग र दैनिक प्रयोग विधि त्यस्तै दोस्रो हप्ता महामारी बाट बच्न खानपान र जीवनशैली तेश्रो हप्तामा पूर्वीय दर्शन आध्यात्मिक आचरण र सफलता चौथो हप्तामा मानसिक स्वास्थ्य सम्बन्धी चेतना त्यस्तै पाँचौं हप्ता तनाव व्यवस्थापन कार्यक्रम हुनेछ ।

छैटौं हप्तामा हासिखुसि जिउने कला सातौं हप्ता सम्बन्ध स्वास्थ्य र साधना आठौं हप्ता वित्तीय साक्षरता र यसको महत्व नवौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएकाको उद्यमशिलताका लागि सरकारी नीति दसौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी बनेका सफलताका कथाहरु , एघारौ हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव र अन्त्यमा घर फिर्ती तयारी गरी डिसेम्बरको २७ तारिक सम्म यो कक्षा सञ्चालन हुने जानकारी श्रम सहचारी रमा भट्टराईले जानकारी दिइन् ।

कार्यक्रम दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली माझ पुर्याउन नेपाली राजदूतावास दक्षिण कोरियाले सबैलाई सहभागीताको लागि अनुरोध गरेको छ ।हटपाटी

Author Since: Dec 06, 2019

Related Post