कोरिया खबर

दक्षिण कोरियालाई अमेरिकी सैन्य साहायता

सोल

अमेरिकी सैनिकले दक्षिण कोरियालाई उपलब्ध गराउने प्रतिबद्धता अनुरुपको सैन्य साहायता उपलब्ध गराउने भएको छ ।

बुधबार दुई देशका सैन्य प्रमुखहरुको टेलिफोन सम्पर्कका क्रममा भएको छलफलमा उक्त प्रतिबद्धता जनाइएको समाचारमा जनाइएको छ ।

अमेरिकी संयुक्त सैन्य फोर्सका तर्फबाट जेनरल मार्क मिलेले आयोजित ४५ औँ सैन्य समितिको बैठकका क्रममा आफ्ना दक्षिण कोरियाली समकक्षी जेनरल वन इन चोउलसँग उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेष्टीक मिसाइल प्रदर्शन गरे लगत्तै सैन्य सहयोग आदान प्रदानका बिषयमा छलफल गरेकख हुन् ।

जेनरल मिलेका अनुसार अमेरिकाले दक्षिण कोरियालाई पुर्ण क्षमताको सैन्य साहायता उपलब्ध गराउने छ । यसको मतलव अमेरिकाले दक्षिण कोरियालाई उपलब्ध गराउने सहयोगमा आणविक हतियार देखि आणविक हतियार प्रतिरोधी प्रणाली समेत रहने छन् ।

हाल रहेको संयुक्त सैन्य फौजको तारिफ गर्दै मिलेले अमेरिकी तथा दक्षिण कोरियाली संयुक्त सुरक्षा फौज कुनै पनि समयमा आक्रमणको प्रतिरक्षा गर्न सक्षम रहेको समेत बताएका छन् ।

कोरोना महामारीकै बीच पनि रहेको सैन्य शशक्तता तारिफयोग्य रहेको उनले बााएका छन् ।उक्त भर्च्युअल बैठकमा दुबै देशका सैन्य अधिकारीहरुको उपस्थिति थियो बैठकमा हाल कोरियाली प्रायद्वीपमा विकसित घटना क्रमका बारेमा समेत चर्चा भएको थियो ।हटपाटी

Author Since: Dec 06, 2019

Related Post