दक्षिण कोरियामा नव विवाहित जोडीलाई घर किन्दा भारी छुट
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियाली सरकारले नव विवाहित तथा पहिलो पटक घर किन्ने व्यक्तिहरुका लागि बढी मात्रामा घर उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री होम नाम की का अनुसार सार्वजनिक तथा निजी विकास परियोजना अन्तरगत उनीहरुलाई घर खरिदमा विशेष प्राथमिकता दिइने भएको हो ।
घर निर्माण तथा विक्रीसँग सम्बन्धित ब्यक्तिहरुसँगको बैठकका क्रममा बोल्दै सरकारको उक्त योजनाले बिबाह पश्चात तथा पहिलो पटक घर किन्न चाहाने करिव ९२ प्रतिशत मानिसहरुलाई प्रत्यक्ष लाभ पुग्ने छ ।
हाल सरकारी नियम अनुसार निश्चित संख्यामा मात्र सरकारी तथा निजी भवन निर्माताहरुले नव विवाहित तथा पहिलो पटक घर किन्नेहरुका लागि घर बिक्री गर्न पाउने नियम रहेको छ ।
अर्थमन्त्री होङ नाम कीका अनुसार सरकारको उक्त निर्णय पश्चात हाउजिङ कम्पनिहरुले बनाएका घरहरु मध्ये ३० प्रतिशत घरहरु नव विवाहित तथा पहिलो पटक घर किन्नेहरुलाई उपलब्ध गराइने छ । उनले सरकारले हाउजिङ ब्यवसायलाई ब्यवस्थित गर्न समेत सरकारले योजना बनाइरहेको बताएका छन् ।
पछिल्लो पटक सरकारले जुलाईमा घर खरिद बिक्रीमा नयाँ मापदण्ड ल्याए यता हाउजिङ ब्यवसाय थप मर्यादित भएको बताउदै आगामी दिनमा यसलाई थप सुधार गर्दै ब्यवस्थित बनाउने समेत उनले बताएका छन् ।hotpati