
उपेन्द्र ढुङ्गाना
जब म ट्रेनिङ सेन्टरबाट साहुको गाडिमा पहिलोपटक कम्पनी जाँदै थिय बाटोमा साहुले आकाशतिर फर्केर सोध्यो तेरो देशमा घाम छ ? खेततिर देखाउंदै तेरो देशमा चामल छ ? अल्लि पर औंला तेर्स्याउंदै तेरो देशमा पहाड छ ?
केही बर्षपछी अर्थात आज दिउंसो एउटा घटना घट्यो । कोरियनहरु आफुलाइ खुब स्मार्ट ठान्दा रैछन । आफुहरुलाइ संसारकै बाठो भन्दो रहेछ । त्यही सन्दर्भमा दिउंसो मलाइ साहुले फुर्ती लाउंदै थियो । हामी कोरियनहरु संसारकै बाठोहरु मध्ये एक हौं ।
किनभने हामिले जुनसुकै कामपनी हेरेको भरमा आफै गर्न सक्छौं । हामी एउटा काम गर्दागर्दै अर्को कामको बारेमा योजना बनाइ सक्छौं । हामी छिटो छिटो काम गर्न सक्छौं आदि इत्यादी ।
रेस्ट टाइममा पनि छेउमै आयर गनगन गर्दा एक्कासी के भो खै कुन्नि मैले भनें मलाइ शुरुमा आउंदा तेरो देशमा घाम छ ? चामल छ ? पहाड छ ? भनेर सोधेको हैन ? उसले भन्यो हो । त्यसपछी मैले भनें यस्तो सामान्य ज्ञानपनी थाहा नपाउनेलाइ हाम्रो देशमा के भन्छ थाहा छ ? उसले भन्यो थाहा छैन के भन्छ ? मैले भनें राउटे ।
उसले राउटेको बारेमा सोध्यो र मैले जानी नजानी बेलिबिस्तार लगाइदियं ।उसको आंखा रिसले रातो हुँदै थियो फेरि मैले थपें तिमिहरु जे कामपनि आफै गर्न सक्ने भयर आफुलाइ खुब बाठो ठान्छौ हैन ? उसले भन्यो हो । तिमिहरु दिनरात काम गर्न सक्छौ हैन ?
उसले भन्यो हो । फेरि मैले भनें हाम्रोतिर यसरी दिनरात नभनी , घामपानी नभनि जोत्तिनेलाइ के भन्छ थाहा छ ? उसले भन्यो थाहा छैन के भन्छ ? मैले भनें गधा त्यसपछी साहुको अनुहार समेत पुरै रातो भयो थप कुराकानी हुनै पायन । साथी हो अहिले म सेल्टरमा छु ।