कोरिया खबर

सामसुङ इलेक्ट्रोनिक्स विश्वकै उत्कृष्ठ रोजगारदाता, उत्कृष्ठ १०० मा दक्षिण कोरियाका मात्रै १२ वटा

सोल

दक्षिण कोरियाली कम्पनि सामसुङ इलेक्ट्रोनिक्स विश्वकै एक नम्बर रोजगारदाता कम्पनि रहेको फोर्स पत्रिकाले जनाएको छ ।

पत्रिकाले प्रकाशित गरेको सुची अनुसार अमेजनले दोश्रो स्थानमा आफूलाइ उकास्न सफल भएको छ । त्यस पछि क्रमश आइबिएम , माइक्रोसफ्ट , एलजी , एप्पल , एडोबी , गुगलकै मातृ कम्पनि अल्फाबेट , सिमेन्स तथा बोस रहेका छन् ।

फोर्ब्स पत्रिकाले गत जुन जुलाईमा विश्वका ५८ देशका १ लाख ६० हजार बढी कर्मचारीहरुमा गरेको अनुसन्धान पश्चात उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । पत्रिकाले रोजगारदाताको छवी , कम्पनिको आर्थिक प्रगति , दक्ष जनशक्ति उत्पादनमा दिएको जोड , लैङ्गिक समानता तथा सामाजिक उत्तरदायित्व लगायतका विषयमा आधारित भई उक्त अनुसन्धान गरेको थियो ।

पत्रिकाले ति कम्पनिहरुका निकटतम प्रतिस्पर्धी कम्पनिहरुबारे जानकारी तथा उनीहरुको बजार पहुँचबारे समेत अनुसन्धान गरि नतिजा निकालेको हो । उक्त अनुसन्धानमा कोरोना भाइरस संक्रमण पश्चात कम्पनिको कर्मचारिहरु प्रतिको ब्यवाहार समेत अध्ययन गरिएको पत्रिकाले जनाएको छ ।

गत बर्ष कुनै पनि कोरियाली कम्पनि फोर्सको उत्कृष्ठ १०० सुचीमा परेका थिएनन् । यस बर्ष भने १२ कम्पनि पत्रिकाको उत्कृष्ठ १०० भित्र पर्न सफल भएका छन् । नाभेर ( ३७ ) , एमोर प्यासिफिक ( ४२ ) , कोरिया नेशनल आयल कर्पोरेशन ( ६२ ) , सिजे ( ६४ ) , नोङसिम ( ७२ ) , एनसिसफ्ट ( ७३ ) , माण्डो ( ७४ ) , हुण्डायी मोटर्स ( ८० ) तथा एसके ग्रुप ( ८८ ) औ स्थानमा रहेका छन् ।हटपाटीबाट

Author Since: Dec 06, 2019

Related Post