कोरिया खबर

कोरियामा फ्लु बिरुद्वको खोप लगाएका ९ जनाको रहस्यमय मृ’त्यु !

सिओल

दक्षिण कोरियाले निशुल्क रुपमा प्रदान गरेको रुघाखोकी विरुद्वको फ्लु खोप लगाएका ९ जना ब्याक्तिको रहस्यमय मृ’त्यु भएको छ l

मौसम परिबर्तन हुदै गर्दा सम्भावित रुखाखोकिको महामारीलाई नियन्त्रण गर्न सरकारले निशुल्क रुपमा उक्त खोप दिदै आएको छ l

कोरियन समाचार एजेन्सी योंघापका अनुसार यसरि खोप प्रयोग गरेका मध्ये मृत्यु हुनेमा १७ बर्षीय बस्यक देखि ८२ बर्षीय बृद्व सम्म छन् l

सोमबार खोप लगाएका ७८ र ८२ बर्षिय २ जना बृद्व पुरुषको मृ’त्यु भएको थियो भने इन्छनमा एकजना १७ बयस्कको समेत मृ’त्यु भएको थियो l

त्यसैगरी एक ७०बर्षिय महिला खोप लगाएपछि कोमामा गएकी छन् l उनीहरुको मृ’त्युको कारण वारे बिस्तृत छानबिन भैरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् l

राष्ट्रको निशुल्क योजना अन्तर्गत मंगलवार मात्र ८३ लाख मानिसहरुले उक्त खोप लगाएका छन् l hellonepalkorea.com

Author Since: Dec 06, 2019

Related Post