बिचार/ब्लग

कोरियामा हांच्छ्युं काण्ड !

उपेन्द्र ढुङ्गाना

आज सिक्ताङमा खाना खान गाको खांदाखांदै हांच्छ्युं आउला जस्तो भो । हांच्छ्युं गर्न लागेको मात्र थियं तर अल्लि अगाडि ईपिएस नेपाल फेमिलीमा पोस्ट भाको एउटा कुरा सम्झिन पुगें।

कोरियन होटलमा हांच्छ्युं गरेको गाइज केही कोरियनहरु खान छोडेर त्यत्तिकै हिंडे ,केहिचाहिं मलाइ आँखा तर्दै खान थाले । अब मलाइ पर्‍यो आपत ! भो यसरी तिरस्कृत हुनुभन्दात बरु हांच्छ्युं रोक्नुपर्‍यो भनेर जबरजस्ती रोकेको सारै गाह्रोपो हुंदोरैछ ।

बारम्बार हांच्छ्युं आउन खोज्छ मचाहिं बारम्बार सास बन्द गर्दै पेट खुम्च्यायर हांच्छ्युं रोक्न खोज्छु । हांच्छ्युं र मबिच एकछिन लडाइं पर्‍यो अन्तिममा म हांच्छ्युं रोक्नमा सफल भयं । हांच्छ्युंत रोके तर त्यसरी बल गर्दा आंखाभरी बर्बर्ती आँसु आयो ।

मेरो आँसु देखेर अगाडि काउण्टरमा बसेको साउनिले भनिन किन रोको ? मैले भने खाना सारै मीठो लाग्यो त्यही भयर आमाको हातको खाना याद आयो र रोको ।

साहुनिले भनिन पहिला पहिलापनी आयर खाइरहन्थिस त्यतिबेलाचाहिं रोको देखियन किन पहिला पहिला मीठो थियनर ? मैले भने हैन पहिलापनी मीठो थियो तर अहिले हाम्रो नेपालमा छुसक जस्तै ठुलो चाड चल्दैछ यतिबेला जम्मै आफन्तहरु जम्मा भयर रमाइलो गर्छन त्यही भयर आज धेरै याद आयो भनें ।

साहुनिले भनिन नरो मलाइ हेरत म तेरो आमा नभयनि आमा जस्तै हुं । एकछिनमा म बिल तिर्न गयं साहुनिले भनिन पर्दैन मपनी तेरो आमाजस्तै हुं । यो सुनेर खुशी लाग्यो र धन्यबाद भन्दै फर्किन लागेको साहुनिले फेरि भनिन मपनी तेरो आमाजस्तै हुं आमाको याद आयो भने फेरि फेरि आइज है । मैले टाउको हल्लायं । ध्यान दियर पढ्नुहुने सबैलाइ दशैंको शुभकामना।

Author Since: Dec 06, 2019

Related Post