
उपेन्द्र ढुङ्गाना
हुनत यो कोरियनको संस्कार हो यसप्रती मेरो सम्मान छ तरपनी एउटा सानो कचौरामा चार गाँस भात दियर मान्ही मग भन्ने शब्द मेरो मनमा निकैनै खट्किरहेको थियो ।
शुरुवातमा आउंदा कोरियन संगै खान बसिन्थ्यो । उनिहरु तुलनात्मक रुपमा हामिभन्दा थोरै खान्थे र चांडो चांडो सुजिले मुख पुछ्थे । हामिलाइ खाना पुगेकै हुन्थेन तैपनी उनिहरुको लहलहैमा लागेर हामिपनी मुख पुछ्थ्यौं किनकी यसका दुइओटा कारण थिय पहिलोत उनिहरुले यो नसोचुनकी नेपालिहरु खन्चुवा हुंदारैछन अनि दोश्रो उनिहरुले यो नसोचुनकी नेपालिहरु नेपालमा खानै नपायर आयका हुनकी क्या हो ?
अबत म कोरिया आयकोपनी निक्कै भैसकेको थियो । डर र लाजपनी लगभग हराइनै सकेको थियो । एकदिन हामी हेसान्मुल सिक्ताङ गयौं । त्यहांपनि मेरो साहुले खानाको परिकार आइसकेपछी मान्ही मग भन्यो ।
मेरो पापी मनले सोच्न थाल्यो आखिर उसले र मैले खाने उत्तिनै हो मलाइचाहिं किन मान्ही मग भन्यो ? कतै गरिब देशबाट आयको भनेर गिज्यायकोत हैन ? यसले हामिलाइ खानै नपायर आको सोच्छकी क्या हो ?
यसपाली भने पहिल्यैदेखि मनभित्र रहेका कुण्ठाहरु बाहिर निस्क्यो । सबैले खाइसके तर मलाइ झोक चल्यो र मैले बियर अर्डर गरें अनि साथमा माछापनि । अर्डर आयो त्यसपछी मस्तले बियर र माछा खानथालें । पहिलो लट सिद्दियो फेरि दोस्रो लट त्यसै गरि अर्डर गरें । साहुले भन्न थाल्यो उपेन नमु नुजस्सयो पाल्ली खायादे ।
म नसुनेझै गरेर अर्को लट फेरि खान थालें । त्योपनी सिद्दियो अझै मैले बियर मगायं । अब भने मलाइ नशा लागिसकेको थियो तैपनी बियरले मुख कुल्ला गर्दै फेरि अर्को बियर र माछा मगायं । यसपाली फेरि साहुले भन्यो उपेन पाल्ली खागो छायादे नेइलदो इर हेयादेकी आनिया ?
मैले हल्का जिब्रो लरबराउंदै भनें म्व पाल्ली खायादे । मन्ज मान्ही मगयाजी । आका मारहेचानायो मान्ही मग मान्ही मग छिगुम वे खुन सोरि हागो इस्सयो । त्यसपछी साहु उठेर ट्वाइलेट जान्छु भनेर गाको सिधै घर पुगेछ म भने अहिलेसम्म taxi कुर्दैछु ।