कोरियामा सामाजिक दुरी सम्बन्धी नयाँ नियम लागु हुने
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियाली सरकारले हाल प्रचलनमा रहेको सामाजिक दुरी नियमलाई परिमार्जित गर्दै नयाँ नियम यसै साता लागु गर्ने भएको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रणमा अझ बढी प्रभावकारी, स्वीकार्य तथा दीगो हुने विश्वास गरिएको उक्त नयाँ नियम सरकारले लागु गर्ने तयारी गरेको हो ।
दक्षिण कोरियाली केन्द्रीय बिपद ब्यवस्थापन विभागका बरिष्ठ अधिकारी युन ताई हो का अनुसार सरकारले कोरोना बिरुद्धको खोप नआउन्जेल भाइरससँगै बाँच्नुको बिकल्प नरहेको बताउदै अब सरकारले आर्थिक गतिविधिलाई सहयोग पुग्ने गरि नयाँ नियम लागु गर्ने बताएका छन् ।
अब दक्षिण कोरियाली सरकारको ध्यान मानिसको मानसिक पीडा ब्यवस्थापन तथा आर्थिक गतिविधिमा तीब्रता रहेको बताउदै उनले अबका दिनमा सरकारी सेवा सुविधा स्थानीय तह केन्द्रीत बनाइने र केन्द्रसँगको निर्भरतालाई समेत कम गरिने बताएका छन् । सरकारले एण्टीभाइरस उपचार प्रणालीमा समेत जोड दिने उनले बताएका छन् ।
हालसम्म दक्षिण कोरियामा कोरोना भाइरसका २६,१४६ जना संक्रमित फेला परेका छन् । संक्रमित मध्ये २४,०७३ जना उपचार पश्चात घर फर्किसकेका छन् भने १,६१२ जना हाल आइसोलेशनमा उपचाररत रहेका छन् । दक्षिण कोरिया सरकारले हालसम्म २५ लाख ८० हजार बढीको कोरोना परिक्षण गरिसकेको छ ।