कोरिया खबर

दक्षिण कोरियाली हाँस्य कलाकार पार्क जी सुन मृ ‘त फेला

सोल

दक्षिण कोरियाकी चर्चित हाँस्य कलाकार पार्क जी सुन आफ्नि आमाको घरमा आमासँगै मृ ‘त फेला परेकी छन् । ३६ बर्षिय कलाकार सुन पश्चिमी सोलको मापो-गु स्थित घरभित्र मृ ‘त फेला परेकी हुन् ।

सुनका पिताले उनकी आमा तथा उनलाई पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसके पश्चात प्रहरीलाई खबर गरेका थिए । प्रहरी लिएर उनी घर पस्दा दुबैलाई मृ ‘त भेटिएको समाचारमा बताइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृ ‘ तक आमा छोरीको शरिरमा कुनै बाह्य चोटपटक नदेखिएको प्रहरीले बताएको छ । सुन आफ्नो उपचारका लागि केही समयबाट आफ्नि आमासँगै बस्दै आएकी थिइन् ।

केबिएस टेलिभिजनमा हाँस्य कलाकारका रुपमा सन् २००७ बाट आफ्नो कलाकारिता सुरु गरेकी सुनले थुप्रै टेलिभिजनमा कार्यक्रमहरु प्रस्तुत गरेकी छन् ।

उनलाई दक्षिण कोरियाली मनोरञ्जन दुनियाँकी प्रख्यात कलाकारको रुपमा समेत लिइने गरिएको छ ।Hotpati

Author Since: Dec 06, 2019

Related Post