कोरिया खबर

दक्षिण कोरियामा जन्मदर झन् घट्यो

सोल

कोरोना संक्रमणका कारण मानिसको दैनिकीमा गहिरो प्रभाव त पारेकै छ । त्यसका अलावा मानिसका जीवन जगतसँग सम्बन्धित पक्षहरुमा समेत नराम्रो प्रभाव परेको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको प्रत्यक्ष असर विवाह तथा जन्मदरमा समेत परेको दक्षिण कोरियाली तथ्याङ्क विभागले जनाएको छ ।

विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार जनावरी बाट मार्च सम्ममा औषत १९, ००० विवाह हुने गरेकोमा यस बर्ष भने उक्त संख्या करिव ३३०० ले घटेर १५७६० मा झरेको छ ।

मे महिना दक्षिण कोरियाली परम्परा अनुसार सबै भन्दा बढी विवाह हुने महिना भएता पनि यस बर्ष भने गत बर्षभन्दा २० प्रतिशतले कमी आएको तथ्याङ्क विभागले बताएको छ ।

कतिपयले विवाहलाई केही समयका लागि स्थगित गरेका छन् भने कतिपयले त अब कहिल्यै विवाह नगर्ने घोषणा समेत गरेका छन् । जुन र जुलाईमा मात्र ८९-९५ प्रतिशत सम्म विवाह रद्द भएको विभागसँग तथ्याङ्क रहेको छ ।

विवाह रद्दको प्रत्यक्ष असर जन्मदरमा समेत परेको विभागले बताएको छ । त्यसै त न्युन रहेको दक्षिण कोरियाको जन्मदर कोरोना संक्रमणका कारण झनै प्रभावित बनेको विभागको तथ्याङ्कमा भनिएको छ । हाल दक्षिण कोरियाको प्रजनन दर प्रति महिला ०.८४ रहेको समेत विभागले बताएको छ ।

Author Since: Dec 06, 2019

Related Post