कोरिया खबर

दक्षिण कोरियाका फुटपाथमा ई – स्कुटर प्रयोग निषेध

सोल

दक्षिण कोरियाली सरकारले आगामी महिनाबाट लागु हुने गरि फुटपाथमा चलाइने गरिएका ई – स्कुटरको प्रयोग निषेध गर्ने भएको छ ।

फुटपाथमा हुने दुर्घटनामा न्युनिकरण गर्न सरकारले उक्त कदम चलाएको समाचारमा बताइएको छ । आगामी डिसेम्बर १० बाट उक्त नियम लागु गरिए लगत्तै सर्वसाधारणले फुटपाथमा इ – स्कुटर चलाउन पाउने छैनन् ।

अब उनीहरुले पनि साइकल चलाउने लेनमा नै चलाउनु पर्ने नयाँ सवारी नियमले बताएको छ । यदि कसैले उक्त नियम अवज्ञा गरेको पाइएमा २८ अमेरिकी डलर अर्थात ३०,००० वोन जरिमाना गरिने छ ।

सरकारले उक्त नियम लागु गरिए लगत्तै स्थानियहरु भने खुसी भएका छन् । आफूतिर उक्त स्कुटर आउने बित्तिकै डर लाग्ने गरेको बताउँदै अब उक्त डर कम हुने विश्वास व्यक्त गरेका छन् ।

कतिपयले भने सरकारले उक्त नियम पहिल्यै लागु गर्नुपर्ने समेत बताएका छन् ।Hotpati

Author Since: Dec 06, 2019

Related Post