कोरिया खबर

के-पप ब्याण्ड बिटिएसका सदस्य सुगाले समुह छोड्दै

सोल

दक्षिण कोरियाली चर्चित के- पप ब्याण्ड बिटिएसका मेगास्टार समेत रहेका सुगाले केही समयका लागि बिटिएस समुहका सम्पुर्ण कार्यक्रमहरुबाट विश्राम लिएका छन् । उनले हालै गराएको काँधको शल्यक्रियाबाट पूर्ण स्वस्थ शुन आराम गर्नका लागि बिश्राम लिन लागेको बिटिएसले बताएको छ ।

काधको मांशपेशी च्यातिएकाले उनले नोभेम्बर ३ मा शल्यक्रिया गराएको बताउदै बिटिएसको आधिकारीक सुचनामा भनिएको छ , शल्यक्रिया सफल भएको छ र पूर्ण आरामका लागि सुगा केही समय बिटिएसका कुनै पनि प्रचारप्रसार तथा कन्सर्टमा देखा पर्ने छैनन् ।

लामो समयबाट काँधको समस्याबाट ग्रस्त रहेका सुगाले आफ्नो सैनिक तथा सांगितिक भविश्यका लागि शल्यक्रिया गराएको बिटिएसको आधिकारीक सांगितिक कम्पनि बिग हिट इन्टरटेनमेन्टले बताएको छ । यसबाट सुगा तथा उनका फ्यानमा असर पर्ने भएता पनि उनको स्वास्थ्य पहिलो प्राथमिकतामा पर्ने भएकाले उनी आराम गर्न बसेको कम्पनिले बताएको छ ।

सुगाले आफ्ना दर्शकहरुलाई एक सन्देश छोड्दै आफ्नो अनुपस्थितिलाई स्विकार्न अनुरोध गरेका छन् । उनले जतिसक्दो चाँडो टिममा फर्कने समेत बताएका छन् ।Hotpati

Author Since: Dec 06, 2019

Related Post