शरणार्थी भिसा बनाउन नक्कली कागजात पेस गर्ने ७७ जना विदेशीलाई कोरियाले फिर्ता पठायो
- by siddhartha@post
- 3 years ago
- 0 comments

किशन गौतम/सियोल
नक्कली कागजात पेस गरि शरणार्थी आर्थात (G-1) भिसाको लागि आवेदन दिने ७७ जना बिदेशी नागरिकलाई कोरियाको खाङ्वन स्थानीय अध्यागमनले स्वदेश फिर्ता पठाएको छ l
समाचार एजेन्सी योंघापका अनुसार फिर्ता पठाइएका उनीहरुले कोरिया बसाइ लम्ब्याउन स्थानीय दलाल मार्फत नक्कली शरणार्थीको कागजात बनाइ स्थानीय अध्यागमनमा पेस गरेका थिए l
उनीहरुलाई अध्यागमनको नियम बिपरित काम गरेको कसुरमा पक्राउ गरि स्वदेश फिर्ता पठाएको प्रहरीले बताएको छ l साथमा उक्त कार्यमा सहयोग पुर्याउने २ जना कोरियन महिला दलाललाइ समेत पक्राउ गरि छानबिन गरिरहेको जनाएको छ l
ति कोरियन दलालहरुले सन् २०१७ देखि १८ बिचमा बिभिन्न प्रक्रिया मार्फत कोरिया आएका बिदेशी नागारिकलाइ ५ लाख कोरियन वोन लिएर बास्थान तथा शरणार्थीको लागी चाहिने अन्य कागजपत्रहरु तयार गर्दै आएका थिए l
तर छानबिनको क्रममा ति कागजपत्रहरु नक्कली निस्किएपछी अध्यागमन विभागले उनीहरु सहित शरणर्थी भिसा आबेदन दिने बिदेशी नागरिकलाइ समेत पक्राउ गरेको थियो l
पछिल्लो समय देशको आन्तरिक समस्या देखाउदै स्वदेश फर्किने अबस्था नरहेको भन्दै कोरियामा शरणार्थी भिसा माग्ने नेपालीको संख्या पनि बढ्दो क्रममा छ l
यसरि देशको आन्तरिक समस्या देखाएर नक्कली कागजात पेस गरि शरणार्थी भिसा लिनेहरुलाई कोरियन सरकारले निकट भबिस्यमा कडा कारबाही गर्ने बताएको छ lहेल्लो नेपाल कोरिया डटकम