कोरियन एयरले एशियाना एयरको स्वामित्व खरिद गर्ने !
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियाको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनि तथा कोरियाली ध्वजा बाहाक कोरियन एयरले देशकै दोश्रो ठूलो एसियाना एयरलाइन्सको स्वामित्व खरिद गर्ने भएको छ ।
कोरियन एयरलाइन्स सञ्चालक हान्जिन ग्रुपले यसबारे प्रकृया समेत सुरु गरेको छ । हाजिन ग्रुपका अनुसार ऋणमा डुबेको उक्त एयरलाइन्सलाई प्रकृया पुर्याएर कोरियन एयरलाइन्स मातहत लिइने छ ।
हाल उक्त प्रकृयाका लागि एयरलाइन्सले कोरियन बिकास बैंकसँग निरन्तर छलफल गरिरहेका छन् । कोरियन बिकास बैंकका एक अधिकारीका अनुसार बिगत दुई महिनाबाट दुई बिमान सञ्चालक कम्पनि प्रतिनिधिहरु बीच छलफल भइरहेको छ ।
कुनै निश्कर्षमा नपुगेको बताइएको उक्त छलफलका क्रममा कोरियन एयरलाइन्सले एसियाना एयरलाइन्सको करिव ३०.७७ प्रतिशत शेयर लिने छ । यसका लागि कोरियन बिकास बैंक समेत लगानी गर्न तयार रहेको छ ।
हाल एसियाना एयरलाइन्स करिव २.१ बिलियन डलरको घाटामा चलिरहेको बताउदै मुख्य लगानीकर्ताका रुपमा रहेका कोरियन बिकास बैंक , एक्स्पोर्ट इम्पोर्ट बैंक लगायतले कम्पनिबाट हात झिकिसकेका छन् ।
कोरियन बिकास बैंकले कोरियन एयरलाइन्समा भने लगानी गर्न तयार रहेको बताएको छ । यदि त्यसो भएमा उक्त बैंक कोरिया एयरको सबैभन्दा ठूलो शेयर होल्डर समेत रहने छ ।Hotpati