कोरियाको राजधानी सोलमा प्रदुषित धुलोको प्रवेश, चेतावनी जारी
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियाकको राजधानी सोल स्थित महानगर सरकारले एक सुचना जारी गर्दै राजधानी सोलमा हानिकारक धुलोका कणहरु प्रवेश गरेको भन्दै महानगरबासीलाई सचेत रहन चेतावनी समेत दिएको छ ।
हाल प्रदुषण न्युनतम ५० युजिएच भन्दा माथि गएका कारण नगरबासी सम्पुर्णलाई स्वास्थ्य सावधानी अपनाउन भनेको छ ।
चीनमा कोरोना संक्रमण पश्चात बन्द रहेका उद्योगहरु हाल पुर्ण क्षमतामा चलेका कारण प्रदुषणको मात्रा बढेको सरकारी अधिकारीले बताएका छन् । पश्चिमि वायुका प्रभावले उक्त प्रदुषणयुक्त वायु दक्षिण कोरिया प्रवेश गरेको समाचारमा बताइएको छ ।
चीनमा संक्रमण सुरु भए यता उद्योगहरु बन्द गरिदा धुलो तथा प्रदुषण ३० युजिएच भन्दा तल झरेको थियो । उक्त मापन गत बर्षको तुलनामा १२ प्रतिशतले कम हो ।
हाल चीनका करिव सम्पुर्ण उद्योग सञ्चालन भएको, चीन तथा मंगोलियाबाट पश्चिमी बायुका प्रभावले धुलो युक्त कण सोल तर्फ प्रवेश गरेका कारण सर्वसाधारण जनतालाई सचेत रहन तथा स्वास्थ्य सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।