दक्षिण कोरियाको राजधानी सोलमा नोभेम्बर महिनामा सन् १९१६ यताकै उच्च बर्षा,जाडो शुरु !
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियाको राजधानी सोलमा नोभेम्बर महिनाको हाल सम्मकै बढी बर्षा भएको छ । स्थानीय मौसम अधिकारीहरुका अनुसार बिहिबार परेको उक्त पानी नोभेम्बर महिनाको इतिहासमा नै बढी रहेको छ ।
कोरियाली जल तथा मौसम विज्ञान विभागका अनुसार सोलमा विहिबार बिहान ८ बजे सम्ममा मात्र ६८.२ मिलिमिटर बर्षा भएको थियो । उक्त बर्षा नोभेम्बर महिनामा हुने गरेको बर्षामा सन् १९१६ को नोभेम्बर ७ यताकै बढी हो । उक्त समयमा ६७.४ मिलिमिटर बर्षा भएको थियो ।
दक्षिण कोरियाका विभिन्न स्थानहरुमा दिनभर नै भारी बर्षाको सम्भावना रहेको बताउदै मौसम विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । विहिबारको बर्षा सन् १९०६ मा आधुनिक प्रविधिबाट मौसम मापन गर्न थालिए यताकै बढी हो । हाल पनि कतिपय स्थानमा २० मिलिमिटर प्रतिघण्टाका दरले बर्षा भइरहेको छ ।
भारी बर्षा भएता पनि चीसो भने बढेको समेत विभागले बताएको छ । नोभेम्बर महिनाकै बढी चीसो सन् २०११ नोभेम्बर ५ मा भएको थियो । उक्त दिनको तापक्रम १६.४ डिग्री सेल्सीयस रहेको थियो । विहिबारको तापक्रम भने १७. १ डिग्री सेल्सीयस रहेको छ ।