कोरिया खबर

दक्षिण कोरिया, अमेरिका तथा बेलायतमा प्रयोग हुने पिपिईको निर्माणमा उत्तर कोरियाली मजदुर

सोल

दक्षिण कोरिया, अमेरिका तथा बेलायतमा प्रयोग गरिदै आएका चिनियाँ ब्यक्तिगत सुरक्षा उपकरण ( पिपिई ) उत्तर कोरियाली मजदुरले बनाएको अमेरिकी पत्रिका ‘द गार्जियन’ ले बताएको छ ।

संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगले अन्तराष्ट्रिय श्रम संगठनको अनुगमन पश्चात घर पठाइएका भनिएका मजदुरहरुले संगठनको नियम बिपरित दिनको १८ घण्टाका दरले हालसम्म काम गरिरहेको समाचारमा बताइएको छ ।

उत्तर कोरियाली सीमा क्षेत्र नजिकै रहेको डानडङ शहरमा रहेको एक पिपिई उत्पादन गर्ने कारखानामा हजारौँको संख्यामा उत्तर कोरियाली मजदुरहरुले काम गर्ने गरेको पाइएको हो । त्यहँ उत्पादित पिपिई इटाली, जापान, म्यानमार, दक्षिण अफ्रिका, फिलिपिन्स लगायतका देशले समेत खरिद गरेको पाइएको हो ।

उक्त कारखानामा काम गर्ने महिलाहरुले समेत दैनिक १८ घण्टा सम्म काम गर्ने गरेको बताउदै पत्रिकाले कामदारहरु स्वतन्त्र रुपमा हिडडुल समेत गर्न नपाएको बताएको छ । उनीहरुको श्रम बापतको रकमको ७० प्रतिशत समेत उत्तर कोरियाली सरकारको नाममा जाने गरेको तथ्य समेत पत्रीकाले फेला पारेको बताएको छ ।

श्रोतका अनुसार ति मजदुरहरुलाई कुनै प्रकारको बिदा दिईदैन र उनीहरु उत्तर कोरियाली सरकारको नियन्त्रणमा रहन्छन् । सन् २०१९ भित्रमा नै सबै उत्तर कोरियाली नागरिकहरुलाई त्यस किसिमको मजदुरीबाट मुक्त गराई घर पठाउनु पर्ने भनिएता पनि हालसम्म समेत उनीहरु त्यहाँ काम गरिरहेको पत्रीकाले समाचार छापेको छ ।

उत्तर कोरियाले हालसम्म समेत आधुनिक दास प्रथा कायम गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघमा बेला बेला चर्चा हुने गरेको छ । हाल ति मजदुरहरुले २२०० देखी २८०० युआन सम्म पारिश्रमिक लिने गरेका छन् ।Hotpati

Author Since: Dec 06, 2019

Related Post