कोरिया खबर

कोरियाको बुसान स्थित एक २४ तले अपार्टमा आगलागी ,१ जनाको मृत्यु २३ घाइते

सिओल

दक्षिण कोरियाको बुसान स्थित एक एक अपार्टमा आगलागी हुदा एक जनाको मृत्यु भएको छ l

समाचार एजेन्सी योंघापका अनुसार मंगलवार बिहान करिब ७ बजे २४ तले भवनको १२ औं तलाबाट शुरु भएको उक्त आगलागीमा परि २३ जना घाइते भएका छन् l

भवनको १२ औँ तलामा एक ४० बर्षीय पुरुष मृत फेला परेका थिए भने बाकीं २३ जना घाइतेलाई तुरुन्तै अस्पताल पठाइएको आकस्मित सुरक्षा अधिकारीहरुले जनाएका छन् l

ति बाहेक अन्य तल्लामा रहेका मानिसहरुलाई सुरक्षा अधिहरिहरुले तुरुन्तै उद्वार गरि बाहिर निकाल्न सफल भएकोले ठुलो धनजनको क्षति हुन बाट जोगिएको बताइएको छ l

सन् १९९५मा निर्माण भएको उक्त भवनमा के कति कारणले आगलागी भयो भन्ने वारे छानविन भैरहेको प्रहरीले जनाएको छ l

किरात राई यायोक्खा गजेदोको छैटौँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनकाे सर्वसम्मति बाट पदाधिकारी तथा सदस्यहरु चयन भएक थिए।

किरात राई यायोक्खा गजेदोका अध्यक्ष जय राईको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि किरात राई यायोक्खा द . कोरियाका उपाध्यक्ष रविन राई र विशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङ्नाम्दो अध्यक्ष रण तामाङ रहनु भएको थियो ।

स्थानीय रुपमा विभिन्न सामाजिक तथा सास्कृतिक कार्यक्रम गर्दै आएको उक्त संस्थाले आगामी दिनहरुमा पनि निरन्तरता दिने जानकारी नवनिर्वाचित अध्यक्ष आशिष् राईले दिए ।

अध्यक्ष – आशिष राई,ब . उपाध्यक्ष – मोहन राई,उपाध्यक्ष – ओमकार सुनुवार,सचिव – रञ्जन राई,सह सचिव – राज राई,कोषाध्यक्ष – मन्दिप राई,सह कोषाध्यक्ष – सुरज राई

Author Since: Dec 06, 2019

Related Post