कोरिया खबर

कोरियाली सीमा क्षेत्रमा मानिसहरुको ओहोर दोहोर बढ्नुको प्रमुख कारण त्यहाँ लगाइएको तारबार

सोल

पछिल्लो पटक एक उत्तर कोरियाली नागरिक ३ मिटर अग्लो काँडेतार पार गरेर दक्षिण कोरियाली सीमामा प्रवेश गरेता पनि कुनै कुनै संकेत पाइएन ।

सो बिषयमा अनुसन्धान गर्दा तारबार लगाइएका पिलरहरुमा बार कस्न प्रयोग गरिएका स्क्रुहरु खुकुलो भएको दक्षिण कोरियाली सीमा सुरक्षा अधिकारीले बताएका छन् ।

पछिल्लो पटक करिव २० बर्षिय जिम्न्यास्टिक खेलाडी उत्तर कोरियाबाट दक्षिण कोरिया पैदलै प्रवेश गरे पश्चात गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त तथ्य पत्ता लागेको हो ।

सीमामा लगाइएका तारबारहरुमा कुनै गहकिलो बस्तु, ब्यक्ति, जनावर आदिको सम्पर्क हुने बित्तिकै नजिकैको सुरक्षा पोष्टमा खबर पुग्नु पर्दछ । स्क्रु खुकुलो भएका कारण ति तारहरुबाट सुरक्षा अधिकारीहरु सम्म सुचना नपुगेका कारण मानिसहरुको ओहोर दोहोर भएको सुरक्षा अधिकारीले बताएका छन् ।

सन् २०१५ मा स्थापना गरिए यता ति सेन्सरहरुको मर्मत तथा परिवर्तन नगरिएका कारण सुचना प्राप्त गर्न नसकिएको अधिकारीहरुले बताएका छन् ।

प्राविधिक त्रुटीका कारण उत्तर कोरियाली नागरिकहरुको दक्षिण कोरिया प्रवेश गर्ने क्रम बढेको बताउँदै आगामी दिनमा त्यसो हुन नदिन मर्मत कार्य अगाडी बढाउन निर्देशन समेत दिइएको अधिकारीले बताएका छन् ।

Author Since: Dec 06, 2019

Related Post