नेपाली शेयर बजारमा अबसर नै अबसर ,कोरियाबाट कसरी प्रवेश गर्ने
- by siddhartha@post
- 3 years ago
- 0 comments

राजु श्री
बिश्वको कुनै पनि देशको पुजी बजारलाइ उक्त देशको अर्थतन्त्र को मेरुदण्डको रुपमा हेर्ने गरिन्छ ।मुलुकको अर्थतन्त्रको बिकाश कुन गतिमा अघि बढेको छ भन्ने कुरा शेयर बजारको सुचांङ्क ले जनाउने गर्दछ ।
बजारबाट पुजी परिचालन गरेर उत्पादन मुलक क्षेत्रमा लगानी गरि आर्थिक पहुँच लाई बलियो बनाउन सक्ने भएकोले समेत यसलाइ अर्थतन्त्रको मेरुदण्ड को रुपमा हेरिएको हो ।
२४ बर्ष अगाडी बाट शुरु भएको नेपाली शेयर बजार अझै शिशु अबस्थामै छ ।प्राबिधिक रुपमा होस या बजारको गति र परिधी नै किन नहोस् यसले अझै खुलेर आफ्नो आकार लिन सकेको छैन ।यद्दपी बिगतलाइ हेर्दा नेपाल मा भैरहेका राजनैतिक मुभमेन्ट हरुले पनि हरेक क्षेत्रलाई कुनै न कुनै कोणबाट असर पुर्याएकै हुन् ।
त्यसको चपेटा बाट नेपाली शेयरबजार पनि अछुतो रहने भन्ने कुरै भएन ।छिमेकि मुलुक भारतको नेशनल स्टक एक्सचेन्ज शुरु भएको जम्मा १५ बर्ष मात्र हुदा पनि धेरै ठूलो फड्को मारिसकेको छ ।
घट्दो नेपाली शेयर बजारमा अबसर नै अबसर कसरी ?
पछिल्लो केही समय देखि नेप्से केहि सम्हालिदै गएको देखिन्छ ।यसका बिभिन्न आधारभुत र प्राबिधिक पक्ष हरु भएता पनि मुख्य कारण भनेको अधिक आपूर्ति नै हो ।राष्ट्र बैंक ले क बर्गका बाणिज्य बैंक हरुलाइ आठ अर्ब चुक्ता पुजि पुर्याउन दिएको समय सिमा र बिमा समिति ले २ अर्ब चुक्ता पुजि पुर्याउन दिएको समय सिमा ले नेपाली शेयर बजारमा आपुर्तिको मात्रा अत्यधिक रुपमा आएको थियो ।
बैक तथा बिमा कम्पनिहरुले तोकेको चुक्ता पुजि पुर्याउन हकप्रद र बोनस शेयर को बाढी ल्याए देखि बजार तल ओर्लन शुरु गरेको हो अर्थशास्त्रको सामान्य सिद्धान्त अनुसार कुनै पनि बस्तुको माग बढ्दा मूल्य बढ्छ आपूर्ति बढ्दा बस्तुको मूल्य घट्छ भन्ने सिद्धान्त अनुसार नै अहिले बजार चलेको देखिन्छ ।
तर बिश्वको शेयर बजारको सुन्दर पक्ष भनेकै बजार घटेर एउटा बिन्दुमा पुगेपछि बढ्छ ।बढेर एउटा बिन्दुमा पुगेपछि घट्छ ।यो बिश्वबजारको बिशेषता नै हो ।अझ यसलाइ यसरी बुझौ न्युटनको तेश्रो सिद्धान्त अनुसार बललाइ जमिनमा जति बज्जार्यो त्यति नै माथी उफ्रन्छ ।बजार पनि जति घट्यो त्यति नै बढ्छ ।
नेप्से २०६८ साल असारमा सर्बाधिक न्यून बिन्दु २९२ पुगेको थियो ।त्यति बेला लगानी गर्ने लगानी लगानिकर्ता हरुले नेप्से ले सर्बाधिक उच्च बिन्दु १८८१ हासिल गर्दा १६ गुणा सम्म बृद्दी भएको पाइएको थियो ।२०७३ साल श्रावण १२ गते नेप्से ले इतिहास रच्दै १८८१ को बिन्दु चुमेको थियो ।
ठिक अहिले लगानी गर्ने समय अत्यन्तै अनुकुल रहेको पाइन्छ ।अहिले दोश्रो बजारमा आइपिओ कै मुल्यमा दर्जन भन्दा बढी कम्पनिका मुल्यहरु आएका छन् ।ती कम्पनी हरुको बिगत हेर्दा त्यति असन्तुष्ट जनाउने ठाउँ पनि पाइएको छैन ।तर लगानी गर्नु पुर्ब कम्पनिको बारेमा अध्यन अत्यन्तै जरुरी हुन्छ । उदाहरण को लागि ३ बर्ष अगाडि प्रतिकित्ता ४५०० हाराहारी भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको शेयर अहिले ९०० को हाराहारीमा फालाफाल पाइन्छ ।
नेपाली शेयर बजारमा सुचिकृत १० समुहका २०० भन्दा बढी कम्पनी मध्य ठूलो हिस्सा बैकिङ समुहले ओगटेको छ ।बैकिङ क्षेत्रको शेयरमा एकछत्र राज गर्ने स्टान्डर्ड चार्टर्ड बैंक को मूल्य अहिले ७०० को हाराहारीमा खोजे जति पाइन्छ ।जसको ३ बर्ष अगाडी एक कित्ता मूल्य बराबर ४ हजार रुपैया भन्दा माथी थियो ।
त्यस्तै बैंक हरुमा अब्बल मानिने नबिल बैंक,इन्भेस्टमेन्ट बैंक ,सानिमा बैंक ,एसबीआई बैक जस्ता ‘क’ बर्गका बैंक हरुको मुल्य अत्यन्तै न्युन रहेको छ ।त्यसै गरि केही जलविद्युत समूह हरु पनि आइपिओकै भाउमा खोजे जति पाउने अबस्था छ ।अर्थसास्त्री तथा प्राध्यापक डा.महोहर श्रेष्ठ ब्लु चिप कम्पनि हेरेर नेपाली शेयर बजार प्रबेश गर्ने यो सुबर्ण अबसर मान्नुहुन्छ ।
शेयर बजारमा जोखिम छैन ?
जोखिम हरेक क्षेत्रमा छ ।बिश्वको कुनै पनि बजार जोखिममुक्त हुदैन ।अझ नेपाली शेयर बजार त झनै जोखिम युक्त छ ।यहाँ कहिले काहीँ हल्लाकै भरमा पनि बजारले बुलिश र बियरिस ट्रेण्ड समातिरहेको हुन्छ ।यस्तो अबस्थामा आफ्नो पोर्टफोलियो भने मिलाउन सक्नु पर्छ ।जस्तै शुरुमा मात्र ५ हजार लगानी बाट पनि प्रबेश गर्न सकिन्छ ।
भारतका चर्चित शेयर कारोबारी राकेश झुनझुनवाला ५ हजार बोकेर बजार प्रबेश गरेको कुरा आफ्ना अन्तरबार्ता हरुमा बताउछन् ।अहिले उनि शेयर बजार बाटै भारतको खर्बपती क्लबमा नाम लेखाउन सफल छन् ।बिश्वका चर्चित शेयरबजारका बादशाह हरु वारेन बफेट ,बेन्जामिन ग्राहम,पिटर लिन्च ,राय डालियो, झुनझुनवाला जस्ता हस्ति अरुले शुरुमा धेरै लगानी कहिल्यै नगरेको बताउछन् ।
शुरु कसरी गर्ने ?
नया लगानिकर्ताहरुको लागि सबैभन्दा सुरक्षित उपाय आइपिओ नै हो ।कुनै कम्पनिले आफ्नो पुजी वृद्धि गराउन सर्बसाधारण लाई केही हिस्सा छुट्ट्याएर शेयर होल्डर बनाउने प्रकृया बाट संकलन गर्ने रकम नै आइपिओ हो । जुन १०० रुपैया प्रतिकित्ता मा उपलब्ध हुन्छ ।यसमा तपाइले माग गरेको शेयरको आधारमा बाडफाड पश्चात् निस्चित शेयर दिइन्छ ।आइपिओ जोखिम युक्त बिल्कुल हुदैन ।दोश्रो एफपिओ हो । जुन कम्पनिले आफ्नो प्रिमियम मूल्य सहित आम सर्बसाधारण लाइ बिक्रीको लागि आह्वान गर्छ ।
पछिल्लो एफपिओ हरुलाइ हेर्दा यो केही जोखिम युक्त नै मानिदै आएको छ ।तेश्रो भनेको ब्रोकर कम्पनी बाट लिने शेयर हो ।जुन उक्त दिनको भाउ अनुसार चाहे जति लिन सकिन्छ ।यसमा आफुले किन्ने कम्पनिको आधारभुत ज्ञान भएन भने डुब्ने सम्भबना धेरै नै हुन्छ ।यसरी दोश्रो बजारबाट शेयर लिदा कम्पनिका बारेमा अधिक जानकारी राख्न जरुरि पर्दछ ।
अब बजार बढ्ने कारण के के हुन सक्छन् ?
सबैभन्दा मुख्य कारण राजनितिक स्थिरता नै हो ।अहिले देशमा केही हदसम्म भए पनि स्थिरता आएको छ ।सरकार र निजि क्षेत्र लगानिको बाताबरण जुटाउने प्रयासमा छन् ।यस सगै बैंक तथा इन्स्योरेन्स कम्पनिहरुले चुक्ता पुजि पुर्याइसकेका छन् ।अर्बौ रुपैया बराबरका नयाँ आइपिओ खुल्ने प्रकृयामा छन् ।जुन नया लगानिकर्ताका लागि अत्यन्तै सेफ हुन्छ भनेर माथिनै भनसकिएको छ ।
त्यो सगै मार्जिन लेण्डिङ ,तरलता र बैंक ब्याजमा सुधार ,बैंक बित्तिय सस्थाको प्रतिशेयर आम्दानिमा वृद्धि हुँदै जानू ,बजार प्रबिधि मैत्री हुनु,अनलाइन ट्रेडिङ जस्ता प्रबिधी मैत्री बित्तिय उपकरण हरु आउनु नेपाली शेयरबजारका सकारात्मक सुचक हुन् ।त्यस्तै पुर्ण अनलाइन प्रणाली , बैंक लाई ब्रोकर लाइसेन्स दिने जस्ता कामको शुरुवातले पनि सकारात्मक भुमिका निर्बाह गरेको हुन्छ ।
साथै सरकारले आगामी ५ बर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर सहित प्रतिब्यक्ती आयलाइ दोब्बर बनाउने लक्ष्य सहितको नीति तथा कार्यक्रम तय गरेको छ ।यसले पनि बजारलाइ सकारात्मक दिशा तिरै लैजान सहयोग पक्कै पनि गर्दछ ।
कोरिया बाट कसरी लगानि गर्ने ?
नेपालि शेयर बजार अहिले प्रबिधीमैत्री बन्दै गैरहेको छ ।जस्तै पहिला घन्टौ लाइन बसेर आइपिओ को फाराम भरेर २ महिना सम्म परिणाम का लागि कुर्न पर्दथ्यो भने अहिले एक हप्तामै बाडफाड हुने गरेको छ ।बिश्वका जुनसुकै देशबाट पनि अब आइपिओ एफपिओ अनलाइन बाटै भर्न सकिन्छ ।त्य्सको लागि डि-म्याट नम्बर र बैंक तथा ब्रोक्ररबाट मेरो शेयर को सुबिधा लिन आबश्यक छ ।
कोरियामा भएका नेपाली बैंक हरुले पनि यो सुबिधा उपलब्ध गराउदै आएका छन् ।त्यस्तै अबको केहि महिनामै पुर्ण अनलाइन कारोबार प्रणाली शुरु भएपछी यसले झनै सहजता पाउने छ ।तर अबको केही समयमै ठुल्ठुला जलविद्युत कम्पनी र केही उत्पादन मुलक कम्पनिहरुको आइपिओ कोरिया बाटै भर्नलाइ अहिले नै तयारी अबस्थामा रहन सकिन्छ ।यो आलेख राजु श्री ले २ बर्ष अगाडी लेख्नुभएको हो।