कोरिया खबर
गजेदोमा महान् खेलाडी म्यारोडोना प्रति समर्पित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न्
- by siddhartha@post
- 3 years ago
- 0 comments

सिओल
किरात राई यायोक्खा गजेदोद्वारा आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
महान् फुटबलर डिएगाे म्यारोडाेना प्रति समर्पित खेलमा गजेदो र बुसानका ६ टिमकाे सहभागिता रहेकाे थियो ।
आयोजक कि रा या Fc , डेउ एफ सी, गजे एफ सी र कलेक्सन एफ सी गरी गजेदोका चार क्लब र नोक्सान एफ सी र जिन्योङ एफ सी बुसानका दुइ क्लबको सहभागिता रहेको थियो ।
फाइनल खेल बुसानको जिन्योङ एफ सी र गजेदोको गजे एफ सी बिच भएको थियो र उक्त खेलमा बुसानकाे जिन्योङ एफ सी ३-१ विजयी भएको थियो ।
आयोजकले सह्योगी सबैमा हार्दिक आभार प्रकट गर्दै विजयी र सहभागी सम्पुर्ण टिम लाई शुभकामना र धन्यवाद दिएको छ ।
साथै आगामी दिनहरुमा पनि यस्तै सामाजिक सास्कृतिक र खेलकुदका कार्यक्रमहरु गर्दै जाने किरात राई यायोक्खा गजेदोका अध्यक्ष आशिष राईले बताए ।