कोरिया खबर

श्रमिकलाई पुसबाटै कोरिया पठाउने तयारी !

सिओल

विगत ८ महिनादेखि रोकिएको कोरियाको रोजगारी पुसको अन्त्यबाट खोल्ने तयारी भएको छ । कोभिड -१९ संकटका कारण दुवै मुलुकमा समस्या आएपछि कोरिया प्रवेश गर्ने कार्य पूर्ण रूपमा रोकिएको थियो ।

जसका कारण ६ हजार ५ नेपाली भाषा परीक्षा उत्तिर्ण भइ रोष्टरमा रहे पनि कोरिया जान पाएका छैनन । कोभिड संक्रमणका कारण समयमै कोरिया प्रवेश गर्न नपाएपछि रोजगारदाताले धमाधम नेपाली श्रमिकसँग गरेको श्रम सम्झौता रद्द गर्न थालेका छन ।

हाल दैनिक औसत पाँच सय नेपालीको श्रम सम्झौता रद्द हुने गरेको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले कोरियाले मौखिक रूपमा कम्बोडियाबाट श्रमिक लैजाने प्रक्रिया सुरु गरेको बताउँदै नेपालबाट पनि लैजानेबारे गृहकार्य भइरहेको कोरियाली पक्षले जानकारी दिएको बताए ।

कोरियाले कम्बोडियाबाट श्रमिक लैजान सुरु गरेका कारण नेपालबाट पनि कसरी सुरक्षित तरिकाले पठाउने छलफल भइरहेको छ निर्देशक गौतमले कारोबारसँग भने । केही दिनअघि नेपाल सरकार र कोरियाको मानव संशाधन बोर्डका प्रतिनिधिको छलफलले अवस्था हेरेर पुसबाट श्रमिक पठाउन सकिने सम्बन्ध अनौपचारिक छलफल भएको थियो ।

लकडाउन सुरु भएयता लामो समय उडान नभएपछि रोकिएकामध्ये केहीको श्रम सम्झौता रद्द भएको ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार हालसम्म रोजगारदातासँग श्रम सम्झौता गरेको ५ हजार नयाँ र १ हजार ५ कमिटेड वर्कर कोरिया जान पाएका छैनन ।

कमिटेड वर्कर भनेको कोरियाको रोजगारदातासँग ५ वर्ष नियमित काम गरेका कारण पुनः प्रवेशको लागि भिसा पाएका श्रमिक हुन । नेपालमा कोरोना संक्रमणको दर बढदै गएको जनाउँदै कोरियाको मानव संशाधन बोर्ड ( एचरआडी ) ले परिस्थिति सहज नभएकाले पुससम्म पर्खिरहेको जनाएको छ ।

कोरोना संकट सुरु भएयता ५ युवाले कोरीयाका रोजगारदातासँग श्रम सम्झौता गरेको भए पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न पाएका छैनन। श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका १ हजार ५ सय जनासमेत कोरिया जान पाएका छैनन। भिसा लागेका अधिकांश युवाको भिसा म्याद भने सकिन लागेको छ ।

भिसा लागेका श्रमिकलाई कोरियाले लैजान चाहेको भए पनि दुवै देश ‘ पर्ख र हेर ‘ को स्थितिमा छन । कोरिया जाने उडान नियमित भए पनि ईपीएसका श्रमिक पठाउने र बोलाउने अवस्थामा दुवै देश नरहेको देखिन्छ । रोजगारदाताले श्रम सम्झौता रद्द नगरेको अवस्थासम्म म्याद समाप्त भएको युवाको भिसा अवधि थप गर्ने एचआरडीले आश्वासन दिएको छ ।

नेपाली युवा कोरिया प्रवेश गर्ने अवस्था नभए पनि त्यहाँको सरकारले असोज १२ देखि २६ गतेसम्म कृषि क्षेत्रका श्रमिकको माग भने गरेको थियो । हाल कतिपय नेपालीले रोजगारदातासँग श्रम सम्झौता पनि गरिरहेका छन । यसरी माग प्रक्रिया अघि बढाएपछि नेपालबाट कोरिया जाने युवाको संख्या अझ बढने देखिएको छ ।

नेपालबाट वार्षिक औषत ८ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने भए पनि यो वर्षको ९ महिनामा १ हजार २७ नेपाली मात्र रोजगारीका लागि कोरिया गएको शाखाले जनाएको छ ।सन २०१ ९ मा ७ हजार १ सय ३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए ।

हालसम्म ४ हजार २० महिला र ६२ हजार ८५२ पुरुष सहित ६६ हजार ८७२ नेपाली रोजगारीका लागि कोरिया गइसकेका छन। हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत रहेका छन ।

– आजको कारोबार

Author Since: Dec 06, 2019

Related Post