दक्षिण कोरियाको राजधानी सियोल मा बर्ष सकिएको जनाउन गरिदै आएको घण्टी बजाउने सभा यस बर्ष कोरोना को कारण स्थगित
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियाली राजधानी शहर सोलमा परम्परागत रुपमा बर्ष सकिएको जनाउ दिन डिसेम्बर महिनाको अन्तिम रात बजाइदै आएको घण्टी बजाउने कार्यक्रम यस बर्ष भने आयोजना नगरिने भएको छ ।
कोरोना भाइरस संक्रमण बढ्दै गएका कारण उक्त पर्व आयोजना नगरिने भएको महानगर सरकारले बचाएको छ ।कोरोना भाइरस संक्रमण दर तीव्र भएका कारण यस बर्ष हामीले उक्त विशेष पर्व स्थगित गर्ने निर्णय गरेका छौँ ।
महानगर सरकारका एक अधिकारीले बताए । सन् १९५३ मा सुरु गरिएको उक्त पर्व प्रथम पटक कोरोना भाइरस संक्रमणका कारण बन्द गर्नु परेको पनि उनले बताएका छन् ।
राजधानी सोलको बोसिङ्गाक पेभिलियनमा आयोजना गरिदै आएको उक्त पर्वमा ठूलो संख्यामा दक्षिण कोरियाली नागरिकहरु जम्मा हुने गर्दथ्ये । यस बर्ष उक्त कार्यक्रम स्थगित गरिएता पनि मानिसहरुको जमघट हुनसक्ने बताउदै महानगर सरकारका अधिकारीले त्यसलाई प्रभावकारी नियमन गर्न तयारि गरिएको समेत जानकारी दिएका छन् ।
हाल दक्षिण कोरियाका मुख्य शहरहरुमा कोरोना संक्रमण फैलिदै गएको छ । राजधानी सोल, ख्योङ्गी लगायतका क्षेत्रमा संक्रमितहरुको संख्यामा बृद्धि भएसँगै सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गरेको छ । सोल महानगरले राति ९ बजे पश्चात कर्फ्यु समेत लगाउन थालेको छ ।Hotpati