दक्षिण कोरियाका कुनैपनि विश्वविद्यालयहरु एसियाका उत्कृष्ट १० मा छनौट भएनन्
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
यस बर्ष दक्षिण कोरियाका कुनैपनि विश्वविद्यालयहरु एसियाका उत्कृष्ठ १० मा छनौट शुन सकेनन् ।
छुसन इल्बो तथा बेलायती क्वाक्वारेली सिमोण्ड्सद्वारा संयुक्त रुपमा गरिएको अध्ययन अनुसार कुनै पनि दक्षिण कोरियाली विश्वविद्यालयहरु एसियाका उत्कृष्ठ १० भित्र पर्न असफल भएका हुन् ।
गत बर्ष उक्त सुचीको नवौँ स्थानमा रहेको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी समेत यस बर्ष १२ औँ स्थानमा पुगेको छ । सन् २०१४ मा सुचीको दोश्रो स्थानमा रहेको उक्त विश्वविद्यालय त्यसपछिका समयमा भने खस्कदै आएको छ ।
दक्षिण कोरियामा आन्तरिक रुपमा चर्चा कमाएको सोल नेशनल युनिभर्सिटी गत बर्ष सुचीको ११ औँ स्थानमा रहेको थियो भने यस बर्ष अझ पछाडी पर्दै सुचीको १४ औँ स्थानमा पुगेको छ ।
उक्त सुचीमा आफूलाई सुधार गर्ने विश्वविद्यालय कोरिया विश्व विद्यालय मात्र रहेको छ । गत बर्ष १२ औँ स्थानमा रहेको उक्त विश्वविद्यालय यस बर्ष ११ औँ स्थानमा आएको छ ।
उक्त सुचीको उत्कृष्ठ १० मा अधिकांश चिनियाँ विश्वविद्यालयहरुको प्रभुत्व रहेको छ । सुचीको पहिलो स्थानमा सिङ्गापुर नेशनल युनिभर्सिटी रहेको छ ।हटपाटी