Uncategorized

खुशीको खबर, दक्षिण कोरियामा आउने भयो कोभिड-१९ को खोप

सिओल

दक्षिण कोरियाले चार औषधि कम्पनीहरुद्वारा विकसित कोभिड -१९ खोपको प्रारम्भिक पहुँच प्राप्त गरेको छ l स्वास्थ्य मन्त्रालयका अनुसार विश्वव्यापी खोप परियोजनाबाट उक्त खोप कोरियामा ४४ मिलियन मानिसले प्राप्त गर्ने छन् l

स्वास्थ्य तथा कल्याण मन्त्रालयले भनेको छ कि उसले ३४ मिलियन डोज खोपहरू चार औषधि निर्माता कम्पनीहरु एस्ट्राजेनेका इंक, फाइजर, जोन्सन जोंसन्स जेन्सन र मोडर्ना बाट पुर्व अर्डर गरेको छ भने १० मिलियन डोज विश्व स्वास्थ्य संगठनको विश्वव्यापी भ्याक्सिन प्रोजेक्ट,COVAX बाट प्राप्त गर्ने छ l उक्त डोजहरु एस्ट्राजेनेका, फाइजर र सानोपीको प्रदान गर्ने छन् l

मन्त्रालयका अनुसार कोरियाले एस्ट्राजेनेकासँग पहिले नै सम्झौता गरिसकेको छ l र यस महिनाको अन्तमा अन्य तीन कम्पनीहरुसँग सम्झौता गर्ने तयारि गरेको छ l उक्त खोप खरिदको लागी सरकारले १.,३ ट्रीलियन वोन अर्थात १.२ बिलियन अमेरिकी डलर छुट्टाएको छ l

देशको ८८ प्रतिशत जनतालाई कभर गर्न प्रयाप्त खोपहरू फेब्रुअरीको सुरूमा आइपुग्ने छ , तर मन्त्रालयले भने हाल सम्म यो खोप कार्यक्रम कहिले देखि सुरु गर्ने भन्ने निर्णय गरेको छैन l

“खोपको विकास अझै पूर्ण नभएकोले, र उनीहरूको सुरक्षा र प्रभावकारिताबारे अझै चिन्ताहरू रहेकाले हामी विभिन्न पक्षहरूलाई ध्यानमा राखी खोपका तालिकाको निर्णय लचिलो गरी गर्नेछौं,” स्वास्थ्यमन्त्री पार्क न्युंघुले एक कार्यक्रममा भने.

स्वास्थ्य अधिकारीहरूले यो प्रक्रिया तयार गर्न र अन्य देशहरूमा भ्याक्सिनका सम्भावित दुष्प्रभावहरूको अनुगमन गर्न अर्को वर्षको उत्तरार्धमा खोप कार्यक्रम सुरु गर्नु उचित हुने बताएका छन् l

खोपहरू पहिले भाइरस-संवेदनशील समूहहरू, जस्तै वृद्ध व्यक्तिहरू, हेरचाह गर्ने घरका बासिन्दाहरू र फ्रन्ट-लाइन स्वास्थ्यकर्मीहरू, त्यसपछि जोखिमको आधारमा बाँकी जनसंख्यामा दिईने बताएको छ l

दक्षिण कोरियामामा हाल तेस्रो लहरको कोभिड-१९ संक्रमण फैलिएको छ l हाल दैनिक संक्रमितको संख्या ५ सय देखि माथि छ l संक्रमण थप फैलिन नदिन सरकारले राजधानी सियोल र आसपासका क्षेत्रमा सामाजिक दुरीलाई कडा पर्दै २.५ लेबल सम्म पुर्याएको छ l योंघाप

Author Since: Dec 06, 2019

Related Post