दक्षिण कोरियामा अब सबैको कोरोना परिक्षण नि:शुल्क
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियाली सरकारले अब लक्षण देखिएका, नदेखिएका तथा बिरामीको सम्पर्कमा आए नआएका सबै नागरिकहरुको कोरोना परिक्षण नि:शुल्क गर्ने भएको छ ।
राष्ट्रपति मुनजे इनसँगको भर्च्युअल बैठक पश्चातको निर्णय सुनाउदै दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्र प्रमुख ज्योन इन क्युनले उक्त कुरा बताएका हुन् ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपश्चात सरकारले राजधानी सोलमा मात्र १५० वटा परिक्षण केन्द्र थपेको छ । मानिसहरुको भीडभाड हुने क्षेत्रहरुमा परिक्षण केन्द्रहरु थपिएको केन्द्रले बताएको छ । अब हरेक दिन राति ९ बजेसम्म कोरोना परिक्षण गरिन्छ भने बिदाका दिनमा बेलुका ६ बजे सम्म परिक्षण गरिने भएको छ ।
सरकारले भ्याक्सीन खरिद सम्झौता गरेको एक दिन पश्चात परिक्षण निशुल्क गर्ने निर्णय गरेको हो । यस अघि दक्षिण कोरियामा कोरोना भाइरस परिक्षणको प्रति परिक्षण १ लाख ६० हजार वोन लिइने गरिएको थियो । उक्त नि:शुल्क परिक्षण प्रावधान दैनिक १०० बढी संक्रमित हुँदासम्म कायम हुने उनले जानकारी दिएका छन् ।
हाल सरकारले बिदाका दिनहरुमा दैनिक ४०,००० तथा अन्य दिनमा दैनिक ७०,००० जनाको कोरोना परिक्षण गरिरहेको छ । सरकार उक्त परिक्षण दायरालाई अझ फराकिलो बनाउन लागि परेको समेत उनले जानकारी दिएका छन् । हाल दक्षिण कोरियामा दैनिक लगभग ७०० नयाँ संक्रमित थपिइरहेका छन् ।Hotpati