प्राय दक्षिण कोरियालीहरु सेकेण्ड ह्याण्ड सामाग्री खरिद बिक्री गर्छन्
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियाका हरेक १० जना मध्ये ७ जनाले सेकेण्ड ह्याण्ड सामाग्री खरिद गर्ने गरेको पाइएको छ । जब कोरियाले हालै गरेको सर्वेक्षण अनुसार उक्त तथ्य पाइएको हो ।
जब कोरियाले हालै देशभरका ११५८ जना ब्यक्तिहरुमा उक्त शिर्षकमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षण अनुसार सहभागीहरु मध्ये ६९.३ प्रतिशतले कुनै न कुनै प्रकारको उक्त सेवा प्रयोग गरेको बताएका छन् ।
सर्वेक्षणमा सहभागी प्रायले मोबाइल एपको माध्यमबाट त्यस्ता सामाग्री खरिद बिक्री गरेको बताएका छन् । उनीहरुले खरिद बिक्री गर्ने सामाग्रीहरुमा कपडा, जुत्ता, पुस्तक लगायतका रहेका छन् ।
सेकेण्ड ह्याण्ड सामाग्री खरिद बिक्री गर्ने प्रायले पुराना सामानबाट छुटकारा पाउने सजिलो उपायका पाएका छन् ।
कतिपयले सस्तो मुल्यमा आकर्षक सामाग्री पाइने भएकाले उक्त सेवा प्रयोग गरेको बताएका छन् भने कतिपयले भने प्रयोग नभएका सामाग्रीबाट अतिरिक्त पैसा आउने भएकाले संकटमा सहयोगी हुने समेत बताएका छन् ।