कोरिया खबर

दक्षिण कोरियामा पहिलो पटक देखा पर्यो फरक खालको कोरोना भाइरस लक्षण

सिओल

दक्षिण कोरियामम पहिलो पटक फरक लक्षणको कोरोना भाइरस फेला परेको छ l

कोरिया रोग नियन्त्रण तथा रोगथाम विभागका अनुसार गत हप्ता बेलायत बाट फर्किएका ३ जना कोरियन नागरिकमा उक्त लक्षण देखा परेको हो l उनीहरु यहि डिसेम्बर २२ तारिक बेलायत बाट फर्किएका थिए l

नया लक्षणको कोरोना भाइरस कोभिड-१९ भन्दा ७० गुणा छिटो सर्ने गुण रहेको बेलायति चिकित्सास्त्रले प्रमाणित गरेको छ l उक्त नयाँ भाइरस गत सेक्टेम्बरको मध्य देखि बेलायतमा देखा पर्न थालेको हो l

उक्त ब्याक्तिमा देखा परेको नया लक्षण बेलायमा हाल देखिएको फरक खालको कोरोना भाइरस संग मिल्दो जुल्दो देखिएपछी आइसोलेसनमा राखेर थप चेकजाँच भैरहेको स्वास्थ विभागले बताएको छ l

हाल दक्षिण कोरियाले यो बर्षको अन्त्य सम्मको लागी बेलायत बाट भित्रिने सम्पूर्ण उडानहरु बन्द गरेको छ l (योंघाप )

Author Since: Dec 06, 2019

Related Post