बिचार/ब्लग

सुवन स्टेसन गेट नम्बर एघार !

दिपेश कार्की

सुवनको एघार नम्बर गेट बाट फुत्त उक्लियौ ,झम्मक्कै परेको साझ , अनि नजिकै रहेको नेपाली होटल अगाडीको झिलिमिली रमझम ,मानिसहरुको भागदौड उस्तै |

अलि चारपाइला पर पुतली बजार |(बिसेष गरि नेपालीले राखेको नाम )साबिक भन्दा मानिस अलि हतारमा देखिन्थे मनमनै आश्चर्य लागि रहेकोथियो |

रोड बाट माथि पेटीमा उक्लियौ |दिनभरिको थकान मेट्न एक प्याक सोजु (कोरियन रक्सि) टुच्च हान्न मुड बन्यो,होटल छिर्यौ, |लगभग ६० काटेकी एक कोरियन लेडिज(आजुमा) अनि झन्डै ८० को हाराहारिकी हारामनी (हजुरआमा) निकै हस्यांग फस्यांग गर्दै होटलका ग्राहक सम्हाल्दै थिए |

कोहि उभिएरै स्वाट लाउदै पुतली बजार तिर लम्किदै पनि थिए |म पनि रिमिरिम भएर रमिता हेर्न जाने मुडमा थिए ,साथीचाइ पुरै तयारीमा थियो मिठो गल्ति गर्न म उसको अनुहार हेरेर अनि होटल छिर्नु अघि एटिम बाट निकालेको चार मान वन देखेर सोझै ठम्याउन सक्थे साथीको मन मा सैतान छिरिसक्यो |

उभिएर ठाडोघाटि लगाउदैगरेका मानिसलाई थोरै धक्का दिदै अनि माफिपनी माग्दै भित्र छिर्यौ | टेवल त खालि थिएन उभिएरै हानजाङ्ग (एक ग्लास) चिरिप्प पारेर फुत्तै निस्कने सोचले साथि अर्डर गर्न गयो ,तर अर्डर गर्न नपाउदै आमा उमेरको आजुमा छेउमा आएर कोरियन भासा र सौम्य,सिष्ट सैलिमा टाउको झुकाउदै नम्र स्वरमा पहिले माफी माग्दै भनिन ‘’माफ गर्नु होला अहिलेको कोरोनाको कारण ९ बजे होटल बन्द गरिसक्नु पर्छ अन्यथा जरीमाना लाग्छ नरिसाउनु’’ |

हामि दुबैको आखा घडीमा पुलुक्क गयो ८;५० भएको थियो साथीले १० मिनटमा निस्कन्छौ भन्दा नभन्दा दुइओटा हातले क्रस को सङ्केत गर्दै अस्विकार गरिन आजुमाले |हामि चुपचाप बाहिर निस्कियौ |कानुनप्रतिको सम्मानजनक डर देखेर म छक्क पनि परे |कोरोनाले मुड खराब पारिदियो|साथी रिसले भूत्भुताउदै थियो ‘’हाम्रै नेपाल ठिक येस्ता नियम कसले मान्ने खान मन लागेपछि’’ |म भने मुसुक्क हासे ……..|

बिस्व बजारमा कोरोनाको कहर बढीरहदा अनि देशको अर्थतन्त्र नै धरासाय हुनेगरी देश लक् डाउन गर्नुपेने विवसता खेपेको साना मात्र होइन ठूला र शक्तिशाली राष्ट्र भनाउदा देश भन्दा दक्षिण कोरिया अलि फरक रयो |यहा लक्डाउन कहिलेनी भएन |त्यतिमात्र होइन कोराना कहरको मध्यान्तिर यहा चुनाब समेत भयो |नेपालमा भन्दा पहिले कोरोनाले प्रवेश गरेको भएपनि नेपालको जस्तो तिब्र गतिमा फैलन पाएन |

यहाको स्वास्थ्य संयन्त्रको सफलता वा कोरोना नियन्त्रण मा सरकारले खेलेको उचित भूमिका जति कदरणीय छ उतिनै जनताहरुमा कानुनको उचित पालना भौतिक दुरीको प्रभाबकारी पालना अनि जोखिम न्यूनीकरण गर्न अपनाइएका आधारभूत नियमवन उतिकै प्रसंसनिय छ | यिनै कारण पनि कोरियाले कोरोनामा अन्य देशको भन्दा सफलता पाएको तथ्य र तथ्यानक सामुन्ने छ |

यद्वपी दोस्रो चरणको नया कोरोना कोरियामा पनि देखिसकेको खवर गानेगुने सुनिन थालिएको छ थप सतर्कता अपनाउन जरुणी देखिन्छ |पुतली वजार पनि कोरोनाको स्रोत हो मन लाइ मष्तिस्क सम्म हावी हुन् नदिऔ|

कोरियन जनताका अनुसासनको आख्यान भनिरहदा म मेरो नेपालीपनहरुको उपहास गरिरहेको वा अनुसासनहिन सावित गर्न खोजेको भने पक्कै होइन |हो नेपालमा कोरोना ले चौतर्फी घेराबन्दी नै गर्यो ,सामाजिक दुरीको प्रभावकारी पालना भएन संक्रमण न्यूनीकरणमा आधारभूत नियमवन कायम गर्न नसकिएकै हो |

तर जिविको रक्षाको निम्ति जीवनको जुवा खेल्नु पर्ने बेग्लै छिपाएर नछिप्ने परिस्थिति छ नेपालमा |यद्वपी यो महामारी अझै टरिसकेको छैन,नया कोरोनाको बारे चर्चा हुनथालिसकेको छ|यो महामारीको जुटेर होइन छुटेर सामना गरौ | यो संक्रमण न्यूनीकरणका आवस्यक र आधारभूत नियमवन पालना गरौ |

Author Since: Dec 06, 2019

Related Post