विधार्थी भिषामा अध्ययन गर्न कोरिया जाने सोच गर्दै हुनुहुन्छ? यि कुराहरु अनिवार्य जान्नुहोस !
- by siddhartha@post
- 3 years ago
- 0 comments

निराजन ढकाल
आजभोली कोरियामा student को लागि धेरै आउन खोज्दै हुनुहुन्छ। जसमा new वा कोरिया आईसक्नु भएका सबै हुनुहन्छ।
म एक Formal Worker and being a student in Korea.म केहि लेख्दै छु राम्ररी पढेर बुझ्ने प्रयास गर्नुहोला।
म 2015.4 तिर EPS मार्फत कोरिया आए।40 महिना जति कम्पनिमा काम गरे र आइतवार कोरियन भाषा सिकिरहे। +2 पास गरि आको म कोरियामा जति नै कमाई भएनि सानो ऊमेर भएर होकि भबिष्य कालो देख्न थाले र पढ्नु पर्छ अब भनि नेपाल जाऊँ कि सोच्दै भिए।
एक जना अति मिलनसार दाईले तिमी कोरियन भाषा राम्रै जान्छऊ। यतै कोरियामा नै पढ, घर खर्च चलाऊन सजिलो हुन्छ भन्नु भयो। ए ठिकैहोला भनि university खोज्न थाले।एता कम्पनि बाट बाहिर निस्किन नपाईने भियो। तैपनि जसो तसो गरेर कलेज खोजे र डकुमेन्ट समिट गरे पास पनि भए।
कोरियाबाट student मा apply गर्दा।
कुन कलेज जाने choose गर्नुस्।online form र interview राम्ररि दिनुस। recommendation letter बनाउनुस(कतै कोरियन भाषा पढदै हुनुहुन्छ भन् त्यहि सेन्टरबाट बनाऊनुस्)
-bachelor join (D2 visa)गर्ने भए +2 सङ्ग 5 बर्ष भन्दा कम ग्याप भए राम्रो (बढि भएनि फरक नपर्ने) bank को $20,000 डलर भन्दा माथिको bank statement , topik level 3 वा ietls 5.5 हुनुपर्छ र +2 र slcको documents सबै नेपालबाट verified भएको हुनुपर्छ। अनि कोरियाको Nepal Embassy मा ल्याएर verify गरे पछि कलेजलाई समिट गर्दा हुन्छ।(यो मेरो केस हो सबैमा यहि लागु हुन्छ भन्ने छैन तर नेपालमा डकुमेन्ट verify गर्नै पर्छ)
– अनि कलेजबाट entrance पास भई अफर लेटर पाउनु भएसि (E9 visa) भिजा cancel गरि नेपाल जानुस् (alian card airport को immigration मा दिएर जानुहोला) नेपालमा रहेको Korean Embassy मा गएर नेपालबाट आफुले मिलाउनु पर्ने डकुमेन्टहरू मिलाई visa appy को लागि सबै पेपर समिट गर्नस्।पक्कै पनि भिजा पाउनु हुने छ।
अब कुरा कोरिया आईसके पछिको।
नेपालबाट आउने र कोरिया आई फेरि student मा कोरिया आउने सबैलाई।-कोरियामा कलेज र कहिकहि बाहेक english चल्दै चल्दैन त्यैसैले सकेसम्म कोरिया आउनु अगि कोरियन language राम्ररी पढ्नुहोला।
– expectations केहि नराखि आउनुहोला। 4 बर्ष म पढ्न जान ला हो। पढाई मात्र गर्छु भनि mind developed गरनुहोला।बाकि रहयो part time job, legally week मा 20hrs काम गर्न पाईन्छ। weekend र vacation मा जति गरेनि पाईन्छ। त्यो नि कम्पनि यरिया तिर काम गर्न पाईदैन। अनि year wise नै topik level बढाई राख्नु पर्छ।
– काम आफैले खोज्नु पर्ने हुन्छ। लोकल तिर भाषा जानिएन भने काम खोज्न निकै गार्हो छ।कोरियन भाषा जान्नेले 안바몬, 알바천국 यो app प्रयोग गरि काम खोज्न सक्नु हुन्छ।कलेज ले काम खोजिदिए पनि निक्कै टाढा र गार्हो काम खोजिदिन सक्छ।
– यदि चिनेजानेकाले काम खोजिदिए भने कसैलाई केहि नभनि काम गर्नुहोला।कलेज fee 6 months को सामान्य भएनि 30-40 लाखवोन पर्नेछ। कलेज लगभल 3 महिना 20 दिन र vacation 2 महिना 10 दिनको हुन्छ।तपाईले त्यो 2 महिना 10 दिनमा बढि कमाउनु भयो भने 50लाखवोन कमाउनु होला अरे!!
- semester को टाईममा कतै 3-4 hrs काम गर्नु भयो भने राम्रो।
तर Semester को टाईममा काम पनि गर्छु पढाई पनि गर्छु भनि काम धेरै गर्ने गल्ति नगर्नु होला।त्येसो गर्नुभयो भने 100% तपाईको पढाई बिग्रन्छ। स्वाथ्य पनि बिग्रन्छ र कमाई पनि हुनेछैन्।
– yearwise visa extention गर्न पर्छ। तपाईको grade C भन्दा माथि हुनुपर्ने छ। नत्र additional Document माग्न सक्छन वा bank balance 80लाखवोन भन्दा माथिको स्टटमेन्ट माग्न सक्छन।सबै कुरा राम्रे भएर GPA 3 सम्म ल्याउनु भयो भने scholarship पाउनु हुन्छ। लगभग 50%
– म के भन्छु भने कोरिया पढ्नको लागि एकदम राम्रो छ। तपाई राम्ररि पढेर कलेज graduate गर्नु भयो भने तपाईको भबिष्य नि पक्कै राम्रै हुनेछ।
तर यदि तपाई कोरिया पढाईको नाममा कमाउन आउदै हुनुहुन्छ भने धेरै ठुलो गल्ती गर्दै हुनुहुन्छ। student ले कोरियाम केहि कमाउन सक्दैनन्। पढाई नि बिग्रन्छ कलेज फि तिर्ने पैसा कमउन धाउ धाउ हुन्छ यहाँ।
अनि illegal भाग्नु पर्ने बिकल्प बाहेक केहि रहदैन्।
तपाईलाई पैसै कमाऊन मन भए eps बाट आउनुस् ठिकै कमाईन्छ या student मा कोरिया आउने पैसा नेपाल मै लगानि गर्नुस् पक्कै पनि राम्रो हुनेछ।(मैले भनेको सबैमा लागु नहोला तर मैले देखे भोगे अनुसार कोरिया यहिँ नै हो।