कोरिया खबर

दक्षिण कोरियाली ब्यान्ड बिटिएसले जित्यो ‘जापान म्युजिक अवार्ड’मा बिशेष अवार्ड

सोल

जापानमा हालै सम्पन्न म्युजिक अवार्ड कार्यक्रममा दक्षिण कोरियाली ब्याण्ड बिटिएसले बिशेष बिधा अन्तरगत अवार्ड हात पारेको छ । जापानी प्रसारक कम्पनी टिबिएसले आयोजना गरेको जापान रेकर्ड अवार्ड्स कार्यक्रममा बिटिएसले उक्त अवार्ड हात पारेको हो ।

उक्त अवार्ड कार्यक्रममा जापपान बाहिरबाट आफ्नो हातमा अवार्ड हात पार्ने बिटिएस मात्र रहेको बिटिएसको आधिकारिक कम्पनि बिग हिट्सले बताएको छ । कम्पनीका अनुसार बिटिएसका ‘डाइनामाइट’ र ‘लाइफ गोज अन’ ले उक्त अवार्ड लिएका हुन् ।

अवार्ड पश्चात प्रतिकृया जनाउदै बिटिएसले यो बर्ष सम्पुर्ण विश्व नै जटिल परिस्थितिबाट गुज्रीरहेको तथा यस परिस्थितिमा आफ्ना सृजनाहरुले केही मात्रामा भए पनि मलम लगाउन सफल भएको बताएको छ । आफ्नो सो अभियान आगामी दिनमा समेत जारी रहने बिटिएसले जनाएको छ ।

बिटिएसका पछिल्ला गितहरुले विश्वभर चर्चा कमाइरहेका छन् । ब्याण्डका गितहरुले अमेरिकी सांगितिक क्षेत्रमा समेत उत्कृष्ठ प्रदर्शन गर्दै सुचीको अग्र स्थानमा समेत रहेका छन् ।

Author Since: Dec 06, 2019

Related Post