कोरिया खबर
कोरिया सरकारले साना व्यावसायिक कम्पनीहरुलाई आर्थिक सहायता दिने
- by siddhartha@post
- 3 years ago
- 0 comments

सिओल
कोभिड – १९ महामारीका कारण बन्द हुने अबस्थामा रहेका साना व्यावसायिक कम्पनीहरुलाई कोरिया सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ l
यहि फेब्रुरीको दोस्रो साता देखि आर्थीक अभाबले छटपटाईरहेका उक्त कम्पनीहरुलाई पुनः सुचारु गर्न गर्न सरकारले आर्थीक सहायता उपलब्ध गराउने भएको हो l
उक्त सहायताको लागी सरकारले ९.३ ट्रीलियन वोन अर्थात ८.६ बिलियन अमेरिकी डलर छुट्याएको अर्थ मन्त्रालयलाइ उदृत गर्दै राष्ट्रिय समाचार एजेन्सी योंघापाले जनाएको छ l ९० प्रतिशत आर्थिक सहायता फेब्रुरी ११ देखि १३ सम्म मा उपलब्ध गराउने बताएको छ l
महामारीका कारण कतिपय कम्पनीहहरुका उत्पादनहरु आबस्यक निर्यात हुन नसक्दा बन्द हुने अबस्थामा पुगेका छन् भने कतिपय कम्पनीहरु बन्द भैसकेका छन् lहेनेको डटकम