प्रचण्ड-नेपाल समुहको कोरिया कमिटिले ओली समुहलाइ कारबाही गर्यो
- by siddhartha@post
- 3 years ago
- 0 comments

प्रबासी नेपाली एकता मंच कोरियामा पनि ओली र प्रचण्ड-नेपाल समूह बिच बिबाद छताछुल्ल भएर बिभाजित भएको छ ।केही दिन अगाडि ओली समुहका केही सदस्य हरुले समानान्तर कमिटी गठन गरे सगै प्रचण्ड-नेपाल पक्षले ओली समुहलाइ कारबाही स्वरुप पार्टी बाट निस्कासन गरेको छ ।
प्रबासी नेपाली एकता मन्च कोरियाका अध्यक्ष दिलिप धितालले एक बिग्यप्ती जारी गर्दै कमिटिका केन्द्रीय सदस्य अन्जन राई ,बिष्णुमणि अधिकारी, सृजना नेपाली र सुजन पन्डित सहित अन्य केही क्षेत्रीय सदस्य हरुलाई साधारण सदस्य समेत नरहने गरि पार्टी बाट निष्काशन गरेको जनाएको छ ।
३५ सदस्यीय केन्द्रिय कमिटी रहेको कोरियामा प्रचण्ड -नेपाल समुहको स्पष्ट बहुमत रहेको र उक्त बहुमतकै आधारमा संगठन को हित बिपरित काम गर्ने उछृङ्खल समुहलाइ कारबाही गरिएको अध्यक्ष दिलिप धिताल ले बताएका छन् ।
कारबाही मा परेका सदस्यहरुको रिक्त स्थानमा भर्चुअल बैठक मार्फत पुनः नियुक्ति समेत संगठनले गरिसकेको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् । प्रबासी नेपाली एकता मन्च कोरियाले प्रधानमन्त्री ओलीको असंबैधानिक कदमका बिरुद्द घोर भत्सर्ना गर्दै प्रतिनिधि संसद पुनर्स्थापनाका लागि बारम्बार दबाद समेत दिदै आएको छ ।