भ्रष्ट्राचारको अभियोगमा कोरियामा पुर्व राष्ट्रपति पछि सामसुङका उपाध्यक्षलाइ पनि ३० महिनाको जेल सजाय
- by siddhartha@post
- 3 years ago
- 0 comments

किशन गौतम
दक्षिण कोरियामा भ्रष्ट्राचार अभियोगमा सामसुङ् इलेक्ट्रोनिक्स कम्पनीका उपाध्यक्ष ली जे योंग लाइ सिओल उच्च अदालतले साढे दुइ बर्षको जेल सजाय सुनाएको छ l
५२ बर्षिय ली लाइ पुर्व राष्ट्रपति पार्क ग्युन हेको अनुरोधमा चोइ फाउन्डेसन लाइ २९.८ बिलियन कोरियन वोन अर्थात २७.४ मिलियन डलर घुस दिएको आरोप छ l उनले त्यो भन्दा पनि अझै थप रकम दिने बाचा गरेको समेत पुष्टि भएको l
ली ले उक्त घुस दिए बापत तात्कालिन सरकार बाट बिभिन्न तरिकाले ब्याक्तिगत लाभ लिएको आरोप छ l उनलाई उक्त आरोपमा सन् २०१७मा ५ बर्षको जेल सजाय सुनाइएको भएतापनि १ बर्षमै पुनः जेल मुक्त भएका थिए l
कोरियामा गत हप्ता मात्र पुर्व राष्ट्रपति पार्क ग्युन हे लाइ भ्रष्टाचार र शक्तिको दुरुपयोगको अभियोगमा उच्च अदालतले २० बर्षको जेल सजाय सुनाएको छ l उनी संगै भ्रष्ट्राचार आरोप लागेका अन्य केहि उच्च पदस्त ब्याक्तिहरुको मुद्वा फैसला हुन बाकि छ l