दक्षिण कोरियाली राष्टपतिले गरे कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने उद्योगकाे भ्रमण
- by siddhartha@post
- 2 years ago
- 0 comments

सोल
दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले बुधवार कोरोना विरुद्धको खोप यत्पादन गरिरहेको कम्पनि एसके बायो साइन्स को भ्रमण गरेका छन् ।
कम्पनिले अमेरिकी कोरोना भ्याक्सिन नोभ्याक्सको अनुमतिमा कोरोना विरुद्धको खोप उत्पादन गरिरहेको छ ।
उत्तरी ग्योङसाङ प्रान्तको अडोङ मा रहेको उक्त कम्पनीले २ करोड डोज कोरोना विरुद्धको खोप उत्पादन गर्ने छ । दक्षिण कोरियाले आफूलाई आवश्यक खोप बाहिरबाटै ब्यवस्थापन गरेको भएता पनि उक्त खोपको समेत प्रयोग गरिने श्रोतले बताएको छ ।
कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार एसके बायोटेक कम्पनीले दक्षिण कोरियालाई आवश्यक मात्रामा खोपको व्यवस्थापनमा समेत सहयोग गर्ने छ । हाल कम्पनीले अमेरिकी कम्पनी नोभ्याक्सबाट लाइसेन्स लिने तयारी समेत थालेको छ ।
यो भ्याक्सीन अन्य भन्दा बढी प्रभावकारी मानिएको छ । अन्य भ्याक्सिनले ६ महिनाबाट एक बर्ष सम्म काम गरेता पनि यसले भने एक बाट ३ बर्ष सम्म काम गर्ने कम्पनिको दावी छ ।
हाल दक्षिण कोरिया सरकारले भने फाइजर तथा आष्टाजेनेका खोपलाई भित्राउन प्रकृयालाई अन्तिम चरणमा पुर्याएको छ ।