कोरिया खबर

E-9 भिजा हुनेहरुको अटोमेटिक भिजा थप

सिओल

दक्षिण कोरियामा काम गरिरहनुभएका ई-९ भिजा भएका कामदारहरुको भिजा अवधि अटोमेटिक थप भएको छ।

कामदारहरु जसको भिजा अवधी २०२१ फेब्रुअरी १ देखि फेब्रुअरी २८ भित्र सकिनेवाला छ, उनिहरुको भिजा अवधि स्वाचालित रुपमा ५० दिन थप भएको छ।

भिजा अबधी थप नभएको हेर्नका लागि Hi Korea को अफिसियल वेवसाईट www.hikorea.go.kr खोलेर आफ्नो राहदानीको डिटेल राखि चेक गर्न सकिन्छ।

कोरोना भाईरस महामारीका कारण इमिग्रेसन अफिसहरुमा मानिसहरुको भिडभाड कम गर्ने उदेश्यले भिजा अबधी अटोमेटिक थपिएको बुझिएको छ।

यदि आफ्नो भिजा अबधी सम्बन्धी कुनै जिज्ञासा भएमा आफ्नो मोबाईलबाट १३४५ डाएल गरि १३*० थिचि परामर्श लिन सकिनेछ।

Author Since: Dec 06, 2019

Related Post