कोरिया खबर

दक्षिण कोरियामा ठूलो आँधीको सम्भावना, सरकारद्वारा आपतकाल घोषणा

सोल

दक्षिण कोरियाका मौसमबिधहरुले आगामी साता ठूलो हावाहुरी सहितको आँधी आउने बताएका छन् ।

तीब्र आँधी आउने भएका कारण उच्च सतर्कता अपनाउन उनीहरुले सरकार तथा नागरिकहरुलाई अपिल समेत गरेका छन् ।

करिव ९० किलोमिटर प्रति घण्टाको गतिमा २० मिटरको उचाई सहित उक्त आँधी आउने बताउदै मौसम विभागले सबैलाई सतर्क रहन भनेको हो ।

देशको केन्द्रिय दैविक प्रकोप तथा उद्दार विभागले आफ्ना कर्मचारीहरुलाई पहिलो श्रेणीको उद्दार व्यवस्थापन गर्ने गरि तयारी गर्न समेत भनेको छ ।

शुक्रबार उक्त हावा हुरी तथा आँधी दक्षिण कोरिया आइपुग्ने मौसम बिभागले बताएको छ । विभागका अनुसार उक्त आँधीसँगै हिमपात हुने भएका कारण अत्याधिक सतर्कता अपनाउन भनिएको हो ।

उक्त आँधीका कारण विशेष रुपमा सामुद्रीक तटहरुमा प्रभाव पर्ने भएका कारण ति क्षेत्रहरुमा कडा निगरानी गरिने अधिकारीहरुले बताएका छन् । आँधीका कारण डुङ्गा दुर्घटनाको सम्भावना उच्च रहेका कारण तिनको उचित व्यवस्थापन गर्न उनीहरुले सम्बन्धित अधिकारीहरुलाई भनेका छन् ।

आन्तरिक सुरक्षा मन्त्री ज्योन हाइ च्योलले हिऊँ पन्छाउने उपकरण सहित उद्दार गर्न आवश्यक सम्पुर्ण उपकरण तथा साधनहरुलाई तयारी हालतमा राख्न निर्देशन दिएका छन् । उनले पर्याप्त सावधानी अपनाउन नागरिकहरुलाई अनुरोध समेत गरेका छन् ।

Author Since: Dec 06, 2019

Related Post