कोरिया खबर

सुदूरपश्चिम समाजको १४ औं साधारणसभा जनवरी २४ मा वरिष्ठ देउडा गायक औजी कोरिया आउदै ।

सउल दक्षिण कोरिया, सुदूरपश्चिम दक्षिण कोरियाले चौधौं साधारण सभा देउडा लाइभ कार्यक्रम सहित सम्पन्न गर्ने भएको छ। आउँदो जनवरी 24 तारिख सल्नाल विदाको पहिलो दिन हुने उक्त सभामा वरिष्ठ लोक देउडा गायक महेश कुमार आउजीले आफ्ना विशेष प्रस्तुती पस्किने छन् । समाजका सचिव एकेन्द्र खड्काले बताउनु भएको छ।

महेश कुमार आउजीका सुदूरपश्चिम स्वर्ग सरी, कलेजी कटौन्या माया, घुम बादल अपीका रोल, डाली मैना लगायत थुप्रै देउडा गीतहरू निकै लोकप्रिय छन्। सचिव खडकाका अनुसार समाजले यसपटक अतिथि कलाकार बोलाएर ऐतिहासिक रूपमा साधारण सभा सम्पन्न गर्न लागेको हो।नेपाली समुदायको हित र भलाईका पक्षमा सन् 2005 मा स्थापित भई अविच्छिन्न रूपमा क्रियाशील पुरानो सामाजिक संस्था यहाँ रहेका सुदूरपश्चिमेलीहरूको एकमात्र साझा संस्था हो।

परस्परमा सद् भाव र भाइचाराको भावना जागृत गराइ एकतावद्ध हुने र कोरियामा रहेका नेपाली समुदायको हित र भलाइको पृष्ठपोषण गर्दै आपत् विपतमा सहयोगी भूमिका निर्वाह गर्ने, सुदूरपश्चिमको मौलिक कला,भाषा र संस्कृतिको जगेर्ना र संवर्द्धन गर्नुका साथै अन्य सामाजिक संघ संस्थाहरूसंग सामाजिक कार्यमा हातेमालो गर्ने एवं प्राकृतिक प्रकोपका बेला मातृभूमिको सहयोगका लागि जुट्ने संस्थाको मुलभूत उद्देश्य रहेको छ। समाजले आफ्नो उद्देश्य प्राप्तिका लागि बेला बखत विभिन्न मानवीय सेवा सहयोगका अभियानहरू संचालन गर्नुका साथै सामाजिक उद्देश्यले रचनात्मक कार्यहरू समेत गर्दैआएको छ।

सुदूरपश्चिमका दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यमा टेवा पुर् याउने उद्देश्यले गत् छुसकमा समाजले ‘सेती महाकाली साँगीतिक सौगात भाग-३’ को व्यानरमा वृहद् साँगीतिक कार्यक्रम समेत आयोजना गरेको हो। समाजले सामाजिक क्षेत्रमा लामो समयदेखि पुर् याएको योगदान, सकृयता र सहभागिताका कारण कोरियामा सुप समाजको छुट्टै साख छसुदूरपश्चिम समाजका अध्यक्ष लालबहादुर साउदले लागि कोरियामा रहनु भएका सबै सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरूमा साधारण सभामा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ।

Author Since: Dec 06, 2019

Related Post